त्रिविको जागिर नातेदारलाई, अख्तियारमा पर्यो उजुरी

काठमाडौं– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघ संगठन र नेताका नातेदारहरुको नाम निस्किएको छ ।

लिखित परीक्षामा उत्तीर्ण हुनेमा धेरैजसो पहुँचवालाका आफन्त परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा यसबारे उजुरी परेको छ ।

वित्रिका कर्मचारी संघ संठगन र परीक्षामा सहभागी केही विद्यार्थीले आयोग, केन्द्र, कूलपति, उपकूलपतिलगायत त्रिविकै विभिन्न निकायमा समेत उजुरी दिएका छन् । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।