मलेसिया जाने कामदारमाथिको सिन्डिकेट ब्युँताउन दूतावास नै सक्रिय

काठमाडौं– वैदेशिक रोजगारीमा जाने कामदारमाथि वर्षौँदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँताउने गतिविधिमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको छ ।

विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यबाहक राजदूत अहमद फालिद स्माइलले कूदनीतिक मर्यादा र दुईदेशबीच भएको श्रम समझदारीविपरित नेपाल सरकारलाई दवाव दिँदै आएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।