अखिल क्रान्तिकारी जाजरकोटले जिल्ला शिक्षा समन्वयमा झुण्डायो कालो ब्यानर

बेवास्ता गरे खतरा निम्तिने चेतावनी

जाजरकाेट,अखिल क्रान्तिकारी जाजरकोटले आफ्नो चरणबद्भ आन्दोलनलाई अगाडि बढाएको छ । जाजरकोट जिल्लामा रहेका विद्यमान शैक्षिक समस्याहरुलाई तुरुन्तै समाधान गर्न बैशाख ११ गते बुझाएको ११ बुदे मागपत्रलाई बेवास्ता गरेको भन्दै अखिल क्रान्तिकारी जाजरकोटले शिक्षा बिकास तथा समन्वय ईकाइ कार्यलय जाजरकोटमा कालो ब्यानर झुन्डाएको छ ।

क्रान्तिकारीले आफना मागहरुलाइ सुनुवाई नगरेको भन्दै सांकेतिक बिरोध स्वरुप कालो ब्यानर झुण्डाएको बताइएको छ । शिक्षा तथा समन्वय इकाइले बेवास्ता गरेपछि अखिल क्रान्तिकारी जाजरकोटले कालो ब्यानर झुण्ड्एको बताएको छ । ब्यानरमा बिभिन्न मागहरु समेत राखिएको छ ।

ब्यानर शिक्षा बिकास तथा समन्वय ईकाइ कार्यलय जाजरकोटमा ,त्रिभुवन माबि खलंगा र गाउँ शिक्षाको कार्यलय कुशेमा पनि झण्डाएको छ ।

क्रान्तिकारीले अझै बेवास्ता गरे खतराकाे घन्टि बज्ने चेतावनि समेत दिएकाे छ । 

यस्ता छन मागहरू