एक लाख अमेरिकी डलरसहित भारतीय महिला पक्राउ

एक लाख अमेरिकी डलरसहित एक भारतीय महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट पक्राउ परेकी छन्। शुक्रबार नेपाल एयरलाइन्सको उडानबाट मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी १ लाख अमेरिकी डलर (एक करोड, ११ लाख ७५ हजार ५०० रुपैयाँ) सहित पक्राउ परेकी हुन्।

उनले झाेला र किताबमा लुकाएर डलर तस्करी गरेकाे विमानस्थल सुरक्षा प्रमुख एसएसपी सन्दिप भण्डारीले बताए । सो रकमसहित सोनी चेकजाँचका क्रममा पक्राउ परेको विमानस्थल प्रहरीले जनाएकाे छ। उनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाइ बुझाइएकाे छ।