स्नातक प्रथम वर्षको नतिजा प्रकाशित

१७.९ प्रतिशत परीक्षार्थी उत्तीर्ण

त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बीएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ ।

परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन् ।

नतिजा मोबाइल एसएमएसबाट हेर्न सकिन्छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनु सकिन्छ ।