कुुशे गाँउपालिकाको मालुमेलामा भएको दोस्रो अध्यक्ष कप समापन

यि हुन बिजेताहरू

जाजरकोटको कुशे गाँउपालिकाको मालुमेलामा भएको  दोस्रो अध्यक्ष कप आज बिधिवत रूपमा समापन भएको छ ।  बिजेता खेलाडिहरूलाइ पुरूस्कार बितरण गर्दै समापन गरिएको हो । 

कुशे गाँउपालिकाको ५ मालुमेलामा यहि २१ गतेदेखि सुरू भएको अध्यक्ष कपमा विभिन्न बिधाका खेलाडीले भाग  लिएका थिए ।  करिब ४ दिन भनिएको कप लम्बिएर ५ दिनमा समापन भएको स्थानिय अगुवा युवा टेकराज मल्लले जानकारी दिए । मल्लका अनुसार  कपमा भएका प्रतियोगिता मध्य फुटबलतर्फ मालिका सातदिवा कुशे १ को टिमले ४ -१ ले पशुपति माबि कुशे ५ दम्दालाको टिमलाइ उप बिजेता बनाउदै जित हात पारेको थियो । 

त्यस्तै भलिबलतर्फ मधुरिमा कलाकेन्द्रको टिमले बिजय हासिल गरेको थियो । दोस्रोमा झादेबि युवा क्लवले जित हासिल गरेको थियो । त्यस्तै लोक परम्परागत ढाँचा तर्फ पदम बहादुर बुढा कुशे ३ को समुह प्रथम भएको बताइएको छ भने दोस्रोमा महिमा शाही कुशे ४ को टिम भएको थियो त्यस्तै ढाँचै तर्फ तितियमा निम बहादुर थापा फ्युँजनको टिम कुशे ५ भएको बताइएको छ । 

लोक परम्परागत ठाडि भाकामा भने देबिका रावत कुशे १ को टिमले बिजय हात पारेको छ भने द्भितियमा पबित्रा चनारा कुशे ५ को टिमले सफलता हात पारेको छ । त्यस्तै तितियमा पुतला थापा कुशे ५ को टिम भएको बताइएको छ ।

एकल गायन तर्फ शुसिल शाही द्भितिय प्रकाश महतारा कुशे २ तितियमा प्रशान्त बिक कुशे ५ भएका छन ।

त्यस्तै माबि स्तरिय दौडमा बिष्णुजंग शाहले प्रथम पुरूस्कार हासिल गरेका छन भने द्भितियमा आकाश सिंह कुशे ८ तितियमा मिलन मल्ल कुशे ५ ले पुरूस्कार हासिल गरेका छन । 

भने महिला सटफुट तर्फ उषा गौतम कुशे १ द्भितियमा ममता सिंह र तितियमा डिल्लि मल्लले जित हासिल गरेका छन । त्यस्तै खुल्ला दौडमा प्रशान्त कुशे ९  ,द्भितियमा नारायण भडेल भे नपा ४, र तितियमा कर्ण बहादुर बोहरा कुशे ३ ले बिजय हात पारेका छन ।

त्यस्तै खेल अबधिभर उत्कृष्ट खेलाडिका रूपमा फुटबल तर्फ भुवन थापा कुशे ५ उत्कृष्ट गोलकर्ता बिनोद चलाउने  रहेका छन भने भलिबलतर्फ उत्कृष्ट खेलाडिका रूपमा राम बहादुर मल्ल र बिमल आरसीले सफलता हासिल गरेका छन ।

मल्लका अनुसार कुशे गाँउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतको उपस्थितिमा खेलाडिहरूलाइ तोकिएको पुरूस्कार  बितरण गर्दै बिभिन्न साँस्कृतिक कार्यक्रमका साथ समापन गरिएको थियो ।