प्रबृत्ति नफेरिएको राजनीति र अवस्था फेरिएका नेताहरू

दुनियाले सँसारको विभिन्न तरिकाले ब्याख्यामात्र गरेका छन । मुख्य कुरा सँसारलाइ बदल्नु हो । कार्ल माक्र्सले भनेको कुरा आज भन्दा दुईसय एकबर्ष पछाडि पनि अझै उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण छ । आजको समयमा झन यसको महत्त्व बढेर गएको छ । अहिले यतातिर चर्चा नगरौं ।

सुखी र सभ्य समाजको कल्पना गरेर थालिएको राजनीतिक परिवर्तनको आन्दोलनले जनतालाई अधिकार र स्वतन्त्रता दिलाउन बिभन्न क्रान्ति र सँघर्षहरु भए । जसले दबिएका आवाजहरु एकीकृत भएर आए अधिकार स्वतन्त्रता निम्ति आन्दोलन गर्दा वा तत्कालीन सत्तामा रहेका हरुका बिरुद्ध बिद्रोह थाल्दा जहाँनिय निरङकुस राणा शासनका बिरुद्ध आवाज उठादा फाँसीमा झुण्डाएर मारिएका प्रथम सहिद लखन थापा जसले जहाँनिय राणा शासनका बिरुद्ध आफुलाइ बलिमा चडाए ।

स्वतन्त्रताको लागि ।उनै लखन थापालाई हामीले राजनीतिक आन्दोलनका प्रथम सहिद मानेका छौ । उनी बास्तबमा १९३३ मा मारिएका थिए । त्यो घटना घटेको धेरै समय पछिमात्र नेपालमा राजनीतिक परिवर्तनको आन्दोलन सुरु भएको हो।  भन्दा फरक पर्दैन । किनकि नेपालमा प्रजातन्त्र स्थापनाका निम्ति आन्दोलनको सुरु २००७ बाट थालनी भएको हो ।

प्रजातन्त्र स्थापनाका निम्ति महान शहिहरु जसले आफ्नो अमुल्य जिबनको बलिदान गरेर नेपाली धर्तिलाइ रङगाए परिवर्तन र स्वतन्त्रताको निम्ति जसका कारण आज हामी हरपल उहाँहरूलाई सम्झिरकेका छौ। गँगालाल श्रेष्ठ धर्मभक्त माथेमा शुक्रराज शास्त्री दशरथ चन्दको बलिदानले नेपाल प्रजातन्त्रको स्थापना भयो । जहाँनिय राणा शासनको अन्त्य भयो ।

त्यतिबेला राणाहरुका बिरुद्ध आवाज उठाउदा हजारौं मानिसहरुले देश छोड्नु परेको थियोे । भने कयौं नेता तथा कार्यकर्ताले जेल जिबनका साथै प्रबासमा गएर राजनीतिक गतिविधि गर्नुपर्ने अवस्थाको सुरुवात भएको थियोे ।
पछि राजा राणा र काङ्ग्रेस दिल्ली सम्झौता मार्फत नेपालमा प्रजातन्त्रको स्थापना भयो ।

जसलाई नेपालका राजनीतिक दलहरूले ऐतिहासिक सम्झौता भने । तर सातसालमा स्थापना भएको प्रजातन्त्रलाई २०१७  सालमा फेरि राजाकै अधिनमा लगियो र देशमा जबर्जस्त रुपमा पँचायति शासनको सुरुवात गरियो जसका कारण नेपाली जनताले फेरि एक पटक कठिन निर्दलिय पँचायति ब्यवस्था झेल्नुपरेको थियोे ।

जसलाई अन्त्य गर्न २०२८ सालको झापा बिद्रोह हुदै ४६ सालकाे आन्दोलन हुदै त्यो बहुदलीय प्रजातन्त्रको स्थापनामा टुंगियो । राजनीतिक दलहरूले जनताको निम्ति सपना ठुल्ल ठुला सपना देखाए आफु सत्तामा गए । प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएर सहिद भएका सहिदलाइ भुलियो बहुदलीय प्रजातन्त्र स्थापनाको आन्दोलन सरिक भएर घाइते भएका घाइतेहरुलाइ र लाखौं जनताको बिकाश र प्रगतिको चाहाना र जनताका सपनाहरूको ब्यापार गरेर सत्तारूढ भएकाहरुले आफ्ना आफन्त र आफुलाइ सात पुस्तालाई पुग्ने सम्पत्तिको मालिक हुनमा सम्पूर्ण शक्ति र श्रमलाई खर्च गरे ।

उहि आन्दोलनमा शरिक भएर घाइते सहिद परिवार र जनतालाई हिलो र उहीँ धुलोमा छाडेर आफु महलमा सरिक भए ।
बास्तवमा जनता सम्पूर्ण रुपले अआर्थिक सामाजिक साँस्कृतिक रुपमा जनताको जीवन स्थरमा परिवर्तन चाहान्थे त्यसलाई त्यती बेलाका शासन सत्तामा रहेका हरुले पूरा नगरेपछि फेरि २०५२ सालमा फेरि नेपाली जनताले आफुलाइ पटक ठुलो जनयुद्धको बाटोमा अगाडि बढाउनुपर्ने अवस्था आयो हजारौं जनता जनबिद्रोहमा सरिक भए ।

दशबर्षे जनयुद्धल ६२/६३काे उन्नइस दिने जन आन्दोलनले नेपालको राजनीतिक लाई व्यापक रुपामा क्रान्तिकारी रुपान्तरण गर्यो जसका कारण नेपालको सिङ्गो राज्य सत्तामा पुनरसँरचना मात्रै भएन नेपालबाट सदाका लागि द्दण्द्धण् बर्षसम्मा शासन गरेको राजतन्त्रको अन्त्य भयो । भने सँगिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । देशले राजनीतिक प्रणालीमा व्यापक सुधार ल्यायो राजाको छोरा राजा हुने प्रणालीको अन्त्य गरेर ।

जनताका छोरा छोरि यो देशको सर्बोच्च निकायमा पुग्ने सक्ने प्रणालीको बिकाश भयो ।संविधान सभाबाट जनताका प्रतिनिधिले जारी गरेकोे संविधान पाए । अधिकार बिहिनले अधिकार पाए कागजी रुपमा अधिकार पाए सामानुपातिक रुपमा यो राज्यको हरेक क्षेत्रमा सबै जातजाति सबैको प्रतिनिधित्वको सुनिश्चितता पनि भयो ।

समग्रमा भन्नुपर्दा देशको शासन सत्ता र प्रणाली नै बदलियो साशक बदलिए । तर हामीले बदल्नु पर्ने हाम्रो प्रबृत्ति हो त्यसलाई हामीले बदल्न सकेनौं किनकि हिजो सामन्तहरु बिरुद्ध लडेका हामी भ्रष्टाचारीहरुका बिरुद्ध लडेका हामी समानता र स्वतन्त्रताको पक्षमा लडेर हामीले आज आफै विभेद भएको महसुस गरेका छौ । हिजो ब्यक्ति पुजाका बिरुद्ध लडेका हामी आज फेरि तिनै राजा र महाराजा झै गरेर अगाडि बढ्दै छौ।

लाखौं जनताको इच्छा र आवश्यक्ता भन्दा पनि आफु महत्वकाँक्षी भएर आफुलाइ नै भगवान रुपमा खडा गरेर लाखौं जनतालाई दुख र कष्ट दिई रहेका छौँ । हिजोका राजा र सामान्तहरु भन्दा हामीले आफुलाइ फरक ठाउँमा उभ्याउन सकिरहेका छैनौं ।जसका कारण जनतामा निराशा छाएको छ र आफैले ल्याएको ब्यवस्थालाई प्रश्न गर्ने अवस्थामा पुगेका छन ।

के यही हो त लोकतन्त्र ?  के यहि हो त गणतन्त्र ? के यहीँ हो हामीले चाएको ब्यवस्था ? के यिनै हुन हामीलाई देखाएका सपनाहरू ?

सामानता र स्वतन्त्रताका नारा दिएर । अन्याय र अत्याचार र बिभेदको राजनीतिक गर्न मल्छ ? 

सामान्तहरुका बिरुद्ध लाखौं जनतालाई लडाएर घाइते अङ्गभङ्ग बनाउने हजारौंलाई सहिद बनाएर आज फेरि आफै समान्त बन्न पाइन्छ ?

आज राजनीति गर्नेहरुलाइ यी र यस्तै हजारौं प्रश्नचिह्न खडा भएका छन । यिनै प्रश्नहरु उत्तर भनेको राजनीतिक गर्नेहरुले आफ्नो चरित्र र प्रबृत्तिलाई सुधार गरेर मात्र दिन सकिन्छ ।

जुन काम नगरी हामीले खोक्रा भाषणले जनतालाई जतिसुकै आसपासन दिन सकौला तर ब्यवहारमा नलाग्ने शिक्षा दिएर न जनताको जिबनस्थरमा परिवर्तन आउछ । न हामीले देखाएका सपनाहरु पूरा गर्न सक्छौ । त्यसैले गर्दा न्याय स्वतन्त्रता र निष्पक्ष तरिकाले हामीले हाम्रा काम कारवाहिलाइ जबसम्म अगाडि बढाउने र आफ्ना ब्यक्तिगत स्वार्थहरुलाइ तिलान्जली दिएर अगाडि बढ्न सक्दैनौं । तबसम्म हामीले जतिसुकै समृद्धि गफ दिए पनि देशमा समृद्धि र सुशासन आउदैन ।

हामी ब्यवस्था भन्दा पहिले आफुलाइ हिजोको राजा र महाराजा कालीन चेतनाबाट मुक्त गर्न सक्छौ कि सक्दैनौं आजको मुख्य प्रश्न यो हो । हामीले देखिरहेका छौँ ब्यवस्था फेर्न दिन नभनी रात नभनी लागेका जनता र कार्यकर्ताको अवस्था आज पनि सडकमै छ । त्यहीँ ब्यवस्था फेर्ने सडकको नेतृत्व गरेका नेताहरूको अवस्था फेरिएको छ ।

आज उनिहरु सडकपति बाट रात दुई गुणा दिन चौगुणा जिबन स्थरमा गुणात्मक परिवर्तन आएर कोहि करोड पति त कोहि अरब पति भएका छन । हामी समानताका जतिसुकै नारा लगाउ जनता र नेताहरूको जीवन सैलिमा आकास र पातलको फरक छ ।

निरन्तर पसिना बगाउनेहरुको जीवन स्थरमा परिवर्तनको प्रत्याभूति हुन सकेको छैन । लाखौं युवाहरू आज पनि खाडीमा पसिना बेचिरहनु परेको छ । जसले देशलाई प्रगति र समृद्धिको दिसामा लैजान सक्थे उनिहरुले आज देशमा श्रम गर्न पाएका छैनन ।

जबसम्म आफ्नो देशका युवाहरू कतार मलेसिया दुबई साउदी लगायतका बिश्वका विभिन्न देश बनाउन गरिरहन्छन तबसम्म देश बन्न सक्दैन । म त भन्छु लुट र भ्रष्टाचार गरेको पैसा भए पनि देश बिकासमा लगाउ देशलाई औधोगिक करण गर लाखौं युवालाई नेपाल फर्काउ र देशमा नै रोजगारि सृजना गर अनिमात्र देश बन्छ समृद्धि आउछ ।