प्रचण्डपथको मृत्यु र जङ्गल फर्कने कुण्ठित क्रोध

नेपाली राजनीति वृतचित्रभित्र बेलाबखत नयाँनयाँ तरङ्ग पैदा हुने गर्दछ । त्यो हो अनबिज्ञता र इमोसनर्ल निर्णयले उत्पन्न परिस्थिति जसलाई हामीले नयाँ नेपाल भनेर पुरानो कपाल दुखाइ रहेका छौँ । जसले जस्तोसुकै घमण्ड गरोस् नेपालको राजनीति एजेन्डा प्रचण्डको नै हो ।

मुलुकलाई जे गरेको छ त्यसैले दुःखसुख बाँडिरहेको छ । जतिबेला प्रचण्ड कम्युनिस्ट थिए । त्यतिबेला नेपाल नयाँ बन्ने प्रबल संभावनाका किरण तिरमिराई रहेका थिए । नेपाली राजनीतिका दोस्रो पुस्ताका पृथ्वीनारायण हुनसक्छ । भन्नेतिर नेपाली जनताको आकलन बढ्दै गएको थियो ।

सायद प्रचण्डले त्यो बाटोलाई कलाइमेक्समा पुर्‍याउन स्वबिबेक प्रयाेग गरेको भए बेलाबेलामा घुर्की र धम्कीको कुनैपनी जरुरत हुने थिएन। तत्कालीन माओवादी नेपालका सात राजनीति दल दिल्ली र पश्चिमा शक्तिको बिचमा त्रिकोनात्मक सम्झौता अनुसार १२ बुदेँ सम्झौता गरेर सैद्धान्तिक तथा नैतिक रूपमा माओवादी जनयुद्धको देबसान र नेपालमा नब उपनिवेशको सुरुवात गरेर त्यसलाइ बैधानिक दिन संविधान सभाको रंगमंच र चुनबाङ प्यलेनमको नाटक भयो ।

त्योदिन देखि उनकै अगुवाइमा कम्युनिस्ट आन्दोलनको अघोषित अन्त्य भएको हो । अहिलेसम्म अन्धभक्त हनुमान कमरेडहरु अक्रमण्यताको सिकार बन्नु परेको तितो सत्यता छ।  तरपनी बेलाबेलामा प्रचण्डले केही बोलेर राजनीति तरंगभने पैदा अनिवार्य गराउँछन किनकी प्रचण्डसँग एउटा बिशिस्ट क्षामता छ । त्यो हो सामाजिक असन्तुष्टिलाई छिटो छरितो बुझ्ने र त्यसलाई कपटपूर्ण तरिकाले संगठनका सदस्य र जनतार्लाइ केहिसमय मूर्ख बनाइ राख्न सक्ने क्षामता छ । बिरोधिलाई सजिलोसँग हातमा तान्न सक्ने ताकत पनि छ । साथै उनि कुनै न कुनै हिसाबले बाहिय प्रभाबले छिटोभन्दा छिटो प्रदुशित बन्ने समस्या पनि छ।

राजनैतिक स्खलनता र सैद्धान्तिक प्रतिबद्धता अस्तित्वमा ल्याउन नसके पनि आफू अस्तित्वमा आउन माहिर प्रचण्ड कुटनैतिक पहलमा सफ़ल रहे । जसले उनको चतुर्‍याइँ एमाले समेतलाई ज्ञान् हुनसकेन। पछिल्लो चरणमा उनको आफ्नो राजनीति बर्चस्व कायम राख्न तिनवटा शक्तिलाई उपयोगमा ल्याउने नितिको अबलम्बन अनुसार चिन भारत राष्ट्रका छिमेकी मुलुकहरू र पश्चिमा शक्तिलाई एकैसाथ साथमा लिनभने असफल भएका छन ।

बेलाबेलामा आउने राजनीति तरंग भ्रम र बास्तबिकता

प्राय संविधान सभाको चुनाव अगाडि र पछाडी नेपाली राजनीतिमा जतिसुकै अकल्पनीय तरङ्गहरु पैदा भयका छन । ति सब प्रचण्डले लिएका निर्णय र दिएका अभिव्यक्तिले नै हो । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएदेखी प्रचण्ड सत्ता बाहिर बसुन या त सत्ता भित्र बसुन उनले बोलेका हरेक सब्दले उनि आफै बिबादमा तानिदै आउने गरेको देखिन्छ । राष्ट्रपति ,सेनापती र पशुपतीको बारेमा प्रचण्डले गरेको निर्णयले अत्यन्तै तरंग पैदा गरायो । पहिलो संविधान सभाको चुनावपछि धर्मनिरपेक्षता,संघियताले अन्तर्राष्ट्रिय रूपमा नै तरंग पैदा गरायो ।

जुन एजेन्डा न त जनयुद्धको थिए न त १९ दिने जनआन्दोलनका थिए । केबल प्रचण्डका निजि कुनै बाहिरी ताकतबाट घुसपैठ पारिएका संचालित गुरु योजना थिए । अहिलेसम्म राष्ट्रिय रूपमा बेलाबेलामा इमोसनर्ल र उत्तेजक समाजमा अन्तर बिरोध पैदा भैरहेका छन । ती एजेन्डा प्रचण्ड बेगर अरुको हातबाट आएका होइनन् । तत्कालीन माओवादीका जिम्मेवार नेताहरुलाई समेत यी एजेन्डाको बारेमा स्पष्ट जानकार रहेन ।

त्यस्तै दोस्रो संविधान सभाको नाटक गरेर प्रचण्डका बिरोधि राजनीति शक्ति र आन्तरिक कमिटी समेतलाई सिध्याएर प्रचण्ड तेस्रो शक्तिमा बसेर नी आफ्नो एजेन्डा स्थापित गर्न सकेपछि प्रचण्डले संविधान घोषणासम्म र त्यसपछि पनि थुप्रैपटक बोलेर या काँग्रेस र तत्कालीन एमालेमा खेलेर चर्चामा रहिरहन सफ़ल भए । स्थानीय चुनावसम्म पुग्दा प्रचण्डले तेस्रो पार्टीको हैसियत गुम्ने खतरापूर्ण संकेत देखेपछि चुनावी एकता मात्रै होईन एमालेसँग बिना कुनै सैद्धान्तिक छलफल सहित माओवादी र एमालेको चमत्कारि पार्टी एकताको एजेन्डा अगाडि सारे र सबैलाई अनौठो लागेकै हो ।

राजनैतिक स्खलनता र सैद्धान्तिक प्रतिबद्धता अस्तित्वमा ल्याउन नसके पनि आफू अस्तित्वमा आउन माहिर प्रचण्ड कुटनैतिक पहलमा सफ़ल रहे । जसले उनको चतुर्‍याइँ एमाले समेतलाई ज्ञान् हुनसकेन। पछिल्लो चरणमा उनको आफ्नो राजनीति बर्चस्व कायम राख्न तिनवटा शक्तिलाई उपयोगमा ल्याउने नितिको अबलम्बन अनुसार चिन भारत राष्ट्रका छिमेकी मुलुकहरू र पश्चिमा शक्तिलाई एकैसाथ साथमा लिनभने असफल भएका छन ।

प्रचण्डको राजनीति एजेन्डाले पछिल्लो अबस्थामा चीन र भारत दुबै सन्तुष्ट नदेखिएकाले तिनतिर सन्तुलन मिलाउन एउटा गोलिले तीन मृगको सिकार गर्न भ्यानेज्वयला प्रकरणमा जुन हेतुले बोल्न खोजेका हुन उनले आफ्नो अत्यन्तै मित्र शक्तिलाइ नै चिढाउन पुगे ।

जसले उपचारका निहुमा अमेरिका पुगेर थप सन्तुलन मिलाएको सत्य हो । त्यसपछि पुन प्रचण्डलाई चीन र भारतलाई आफ्नो अनुकूलतामा लिन राजनीति एजेन्डाको हैसियतले लिन सकिरहेको देखिदैन । अर्कोतिर पुर्बपन्च र दरबारियाहरु सकृय देखिनु पुर्बराजाको पुजापाठ जनभेटघाट रिसोर्टमा नाचगान पाटिप्यालेज हुँदै जानू दुबै तिरका छिमेकीको मौणता देखिनुले र सम्भाबित संकेतलाई थेग्न नसक्ने देखेपछि क्रोध डाहा र निराशाको कुन्ठा अभिव्यक्ति नै उनको पुन जङ्गल पस्न तयार रहेको भन्नू कुनै तुक र सत्यतथ्य नभएर भ्रमपुर्ण प्रचारमात्रै हो।

प्रचण्डको जङ्गल फर्कने संकेतको भ्रम र वास्तविकता

नेपाली राजनीतिको पछिल्लो यो राष्ट्रको यो गतिमा प्रचण्डले जुन एजेन्डा पास गरेका छन त्यो एजेन्डाले नै राष्ट्र अस्थिर र दण्डहीनतालाई निम्ताएको छ । त्यो तत्कालीन माओवादी आन्दोलनका एजेन्डा नभएर पश्चिमा शक्तिराष्ट्रको बाक्लो उपस्थितिनै मुल समस्या हो । त्यसबाट दिर्घ रोगको ग्रसित संक्रमित अदृश्य किटानु बोकेका नेता हुन उनि न त जङ्गल फर्कने मनस्थितिमा छन । न त प्रचण्डको हिजोको जस्तो ग्रामीण तथा शहरी जनाधार उनको अनुकूलतामा छ ।

प्रचण्ड पार्टीको आन्तरिक पङ्तिमा सधैभरी बहुमतमा रहेपनी जन लोकप्रियता भने गुमाइ सकेका छन । त्यो मास मनोबिज्ञानलाई सन्तुलनमा ल्याउन कहिलेकाही उत्तेजक र इमोसनर्ल अभिव्यक्ति दिए पनी पुन प्रचण्ड वर्गसंघर्ष र सर्बहाराबर्गको नेतृत्व निर्माणका लागि जनतामा जान सक्ने नैतिक जिम्मेवारी गुमाइसकेका ब्यक्ति हुन । किनभने उनको वरिपरि घुमिरहेका चम्चे साखुल्यहरुनै सर्बहारा वर्गसंघर्षको पक्षमा छैनन् । यद्यपि प्रचण्डले वर्गसंघर्षको एजेन्डा लिनुपरेको खण्डमा प्रचण्ड तितो अल्पमतमा पर्छन ।

किनकी उनिहरुको राजनीति पार्टी सदस्यहरु नै नबसामन्ती बर्गमा परिणत भएको यो अबस्थामा प्रचण्डले सीप बिनाको पियानु बजाएका मात्रै हुन । सिप बिनाको पियानो बजाउन नजानेपछी क्रोधको कुण्ठा उत्पन हुन्छ । अहिले प्रचण्डले बोलिने अभिव्यक्तिको उत्पन्न तरंगपनि यहि हो। जनताको इच्छा चाहाना गणतन्त्रमा हो । तर गणतन्त्रको प्रयोग गर्ने विधि नेपाली मौलिकता अनुसारको नहुनूले जनतामा जनआक्रोश बढिरहेको छ । त्यसैलाई नजरअन्दाज गरेरै उनको नेपाली समाजलाई मुर्ख बनाउने कुटनैतिक चालबाजिमात्रै हो ।