चार कक्षा पढ्ने विद्यार्थीलाई शिक्षकले डाम बस्ने गरि पिटेपछी….

रामधुनी नगरपालिका ३ स्थित कान्छी चोकमा रहेको चिल्डेन ड्मिल्याण्ड मन्टेश्वरी स्कुलका एक शिक्षकले ८ बर्षीय बालकलाई निर्घात कुटपिट गरेका छन् ।

कक्षामा चकचक गरेको भन्दै कक्षा ४ का साव्रिकबहादुर सिंहलाई गाला सुनिन्ने गरि विज्ञान विषयका शिक्षक सन्तोष श्रेष्ठले कुटेका हुन ।

शिक्षकले झापड हान्दा उनको गालामा ५ औलाको छाप बसेको छ । शुक्रबार स्कुल विदा भए पछि ती बालक रुदै घर पुगेपछि हेर्दा गालामा झापडको डाम देखिएको बालकका हजुर आमा मञ्जु निरौलाले बताइन ।

अभिभावकले कुटपिटपछि विद्यालय विरुद्ध इलाका प्रहरी कार्यालय पकलीमा उजुरी दिएका छन् । विद्यालय संचालकलाई पक्राउ गरि कारवाही अघि बढाइने इप्रकाका इन्स्पेक्टर दिपेश दाहालले जानकारी दिए ।

विद्यालयका प्रिन्सिपल सरोज माझीले नयाँ शिक्षकले गल्ती गरेको बताए ।

नयाँ पत्रिका वाट