डाक्टर डम्बरको तागत र नवराजको इच्छाशक्तिले पचालझरनाको यात्रा

कर्णाली उहिले देखि हो यो मौसममा धमिलिएर बग्ने ! तर उसले आफ्नो गतिलाई कहिले पनि परिबर्तन गर्ने दुश्साहस गरेन बरु सदाबाहार उसको हिडाईको स्वच्छन्दतासँग हाम्रा सुसेली र चित्कारहरु बगेको आभास दिईरहने त्यो कर्णालीसँग आजको मात्रै प्रिती छैन मेरो जिजु बाजेदेखि मेरो पुस्तासम्म आउदा पनि त्यो कर्णालीसँगका भावना र आत्मीयताका बाडिहरु सुन्दर कर्णालीको छालहरुमा पुस्तौ देखी टासियर बसेका छन् । र हाम्रो आत्मीयताले कर्णाली भन्दा पर…. गएर जीवन बाच्नुपर्छ भनेर कहिले पनि सोचेन । बरु सँगै हिड्ने सहयात्रीहरुलाई यो कर्णालीको हामीसँगको आत्मीयता र भाबानात्मक सम्बन्धका तुईनहरुलाई फुकाल्दै यो यात्रालाई निरन्तरता दिईरहु् जस्तो लागीरहन्छ । आज फेरी उसै गरि यो कर्णालीको तिरमा आफुलाई दौडाईरहेको छु् ।

यात्रा मान्छेहरु बाच्नुपर्छ र मान्छेले बाचेर यो धर्तिमा केहि गर्नुपर्छ भन्ने को थियो मैले कल्पना गरेको थिईन । यो आकाशमा नाचिरहने स्वतन्त्र चराहरुले पनि मेरो शब्दको गितमा आफ्नो संगित भरेर मेरो चित्त बुझाउनको लागी आफ्नो भाकामा हाम्रा सुसेलीहरु गाईदेलान् भनेर !

यो कल्पनासम्म गरेको थिइन,मेरो लागी मालचरीहरुको बथान भित्रका स्वतन्त्र मुख्य चराहरुको मुख्य रानो चराहरु उनै थिए ।जो उमेरले ५ दशक काटेर कपाल फुल्नै लागेको थियो । तर ओठमा मुस्कान र यात्राका पैतलाका छापहरु भने ३२ बर्षे ठिटोको भन्दा कुनै कम थिएनन् । अर्थात डाक्टर डम्वर खड्का , यतापट्टि अर्को चराहरु मध्यको एक भद्र चरा पनि यो बगाल भित्र दौडिरहेको थियो । जोसँग इच्छाशक्तिको कुनै पनि लेखाजोखा छैन ।

हरेक पटक यात्रा भित्र हार्ने मान्छेहरुलाई जित्न सिकाउने उहि चरा हो । जोसँग सम्भावनाहरु अनेकौ छन् । अनुहार हेर्दा हसिलो देखिने तर जस्तो पिडा पनि अरुहरुको साहास बटुलेर आफु पनि साहाशी हु भन्नलाई पछि नपर्ने त्यहि हुल भित्रको एक यात्री अर्थात डाक्टर नवराज ! यी दुई साहाशी स्वतन्त्र मालचरीहरुको ताती पछाडी हामी दौडिने कोसिस गरिरहेका थियौ । र यात्रा जारी राख्यौ ।

मैले यात्राको कुनै पनि पुर्व योजना बनाएको थिईन । तर पचालझरनाको बिकटता भित्रको सुन्दरतालाई भने यो बगाललाई कैयौ पटक जानकारी गराएको थिए । हामीले सुर्खेत देखिको यात्रालाई जब कालीकोटको भुमीमाथी जब जब आफ्ना पैतलाका छापहरु लगाउन सुरु ग¥यौ अनी मैले आफ्नो थेगोलाई रुपान्तरण गर्दै जहाँ पनि अर्गानिक भन्दै के हिडिरहेको थिए । गाडिभित्रको एक हुल बगालले एकै स्वरमा मलाई प्रश्न तेरस्याउदै यहाँको धुलो पनि अर्गानिक हो की के हो भन्ने प्रश्न एकै चोटी आयो मैले त्यहि भुमिको बाटो खाएर त्यहि भुमीको माटो लगाएर त्यही माटो भित्र आफुलाई सधैका लागी मीसाएको एक सय बर्ष बाचेका मेरो गाँउका करुवा ठुलो वुवाको कहानी के सुनाएको थिए । यी माल चरीहरुको बगाल अचम्मले चुपचाप रहे । हाम्रो यात्रा भने निरन्तर अगाडी बढेकै छ ।

दश घण्टाको एकहोरो यात्रापछि केहि साथीहरुको लागी नयाँ भए पनि पचालझरनाको न्यानो स्वागतले वरपर देखिने सुख्खा मरुभुमी जस्तै देखिएका ती डाँडा काँडाहरु भने आफु हासेर हामीलाई न्यानोपन दिईरहेको मलाई अनुभुती भईरहेको थियो । यो मालचरी भित्रका दुई मुख्य नायकहरुलाई यो भुमीले र ती देखिने खस्रो अनुहारका डाँडाकाँडाहरु प्रति कुनै पनि गुनासो नहोस भनेर म ती पाखापखेराहरुको बयान तिर के लाग्न खोज्दै थिए डाक्टर डम्वर , र नवराज एकै स्वरमा यो भुमी हामीले पाउनु र हामीलाई यो भुमीले जन्माउनु तपाई हामीलाई खुसीको कुरा हो । भन्दै उल्टो मेरो मनलाई शान्तोना दिन खोजीरहेका थिए । त्यो बेला म भित्र खुसिको कुनै सिमा नै रहदैन थियो ।

पहिले को भन्दा कर्णालीको यो बेलाको सुसाई अलि अलि उत्ताउलो जस्तै मानिन्छ मलाई भने यसको सबै नालीबेलीको बारेमा थाहा भएकोले पनि त्यति अप्ठ्यारो लागीरहेको छैन । त्यो सुसाईको धुनलाई नै मन पराएर डाक्टर नवराजको रोजाईमा प¥यो त्यो कर्णालीको छाल माथिको त्यो डिल । डाक्टर डम्वरको लागी यो नौलो थियो । फुकुवा हासो त्यति नहास्ने डाक्टर डम्वर घरी घरी ओट फुकाउदै मसिनो स्वरमा आज जीवनको नयाँ अनुभुती गरिने भैइयो भन्दै सहयात्रीहरु सँग भलाकुसारी गरिरहेका थिए । कालीकोटको ३० बर्षपछिको पुन फर्काईले डाक्टर ड्रम्वरलाई नयाँ अनुभुती गरिरहेको थियो । भने यता डाक्टर नवराज सदाबाहार जस्तै देखिएका थिए । थकाईले पनि होला आजको रात हतारोमा काटियो ।

जीवन बचाईदिन र बाचेर केहि गर्नको लागी सिकाउन दिनको ३ः०० बजे हामीले सकिसके पछि हामीले बचेको समयलाई फेरी उही सुन्दरताकी खानी पचालझरना तिर जाने निधो ग¥यौ अघिल्लो दिनको केहि थकाईले केहि साथीहरु त्यो झरनासम्म पुग्नको लागी नसक्ने नै भैसकेका थिए । केहि साथीहरुलाई हौस्याएर हामी पचालझरनाको त्यो उकालोमा लाग्यौ ।

उकालो यस्तो थियो मानौ की त्यो उकालो पार गरिसके पछि त कहिले पनि नआएकाहरुको लागी सानो सगरमाथा चढेको जस्तै अनुभुती हुने गर्छ । ३ घण्टाको उकालोमा बिच बाटोमा न पानी पाईन्छ न थकाई मेटाउने त्यस्तो कुनै चौतारी नै ! थोरै उकालो चढेर ओरालो झर्न लागेकी बैनीहरु पुजा गिरी, हेमा पुनलाई पछाडीबाट बिबिसिमा कार्यरत पत्रकार प्रकाश पन्त र दिपक गौतमले यो गतिले देश नचल्ने ब्याङ्ग्या गर्दै बगाललाई उकालो चढाउने कोसिस गरिरहेका थिए ।

सुरुका पाईला हामी भन्दा छिटो हानीएको भए पनि डाक्टर नवराज बिच बाटोमा ५ मिनेटको समय माग्दै थकाई मेटाउन सुरु गर्न थाल्नु भयो । उमेरले ५ दशक काटेका डाक्टर डम्वर खड्का हामीलाई पछाडी फर्किदै उकालोमा दौडिरहनुभएको थियो । मैले आफै गोठालो गरेको यो पाखा पखेराहरु आज मलाई नै हिड्न मुस्कील भैरहेको थिए । तर किन हो किन मन नथाकेका डाक्टर नवराजलाई मेरो मनले छोड्न मानेन । मैले डाक्टर नवराज के.सी.लाई धेरै पटक हात दिन आग्रह गरे अहँ उहाँले मान्नु भएन शशिर थाक्न खोजीरहेको भए पनि मन नथाकेको बताउदै त्यो उकालोलाई खुम्च्याउन थाल्नु भयो । त्यो उकालो मा डाक्टर डम्वर र नवराज का मात्रै कथा छैनन् चन्द्रा,बिन्द्रा चन्द्रा खाड, हेमा पुजा, बिष्णु योगेन्द्र ,प्रकाश,र दिपक, रेशमहरुका पनि आफ्नै कथाले त्यो उकालो सकिएको थियो ।

जब खार्दु गाँउमा पञ्चे बाजाको स्वागतले हामीलाई आनन्दीत बनायो त्यो बेला जीवनमा नपहिरीएको लालीगुरासको माला आफु्ले पहिलो पटक लगाएको डाक्टर डम्वर खड्काको कथन थियो । प्रकाश र मैले बजाउन लागेको त्यो दमाहालाई पचालझरनाका सबै यात्रीले एक होरो हेरीरहेका थिए । त्यो गाउमा पुगीसकेपछि कोदाको राटीमा पुदिनाको अचारले दिएको स्वादलाई कहिले पनि भुल्न नसकीने बनायो यो यात्राले ।  पचालझरना हेरिसके पछि का अनुहारहरु झनै चम्कीला देखिदै ओरालो तिर झरे । उकालो भन्दा ओरालोमा डाक्टर नवराज के.सी.लाई गाह्रो भैरहेको थियो ।

आफै ७ पटक चिप्लीएर पुग्ने भनेको ठाँउमा ४ पटक मात्रै चिप्लीएर आफु पुगेको कुरा दुखलाई सहजतामा बदल्दै कुरा सुनाउन थाल्नु भयो । डाक्टर डम्वरलाई उकालो यात्रा भन्दा ओरालोको यात्रा असहज भएको डाक्टर डम्वरको हिडाईबाट थाहा भईरहेको थियो । यो यात्राको अबिस्णीय क्षेण भनेको नै डाक्टर डम्वरको तागत र डाक्टर नवराजको इच्छा शक्तिले पुरा भएको थियो । फेरी भेट्ने बाचा सहित पचालझरना बाट आजको दिन छुट्टियौ । अस्तु ।