जब ५ वटा सुरक्षा घेरा तोड्दै एक युवाले देखाए प्रधानमन्त्रीलाई कालो झन्डा……!

सम्बोधन रोकेरै प्रधानमन्त्रीले भने- ‘सुरक्षाकर्मी कता छ ?

बुटवल — ५ तहको सुरक्षा घेरालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार बुटवलमा कालो झन्डा देखाइएको छ । जितगढी विजय उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवाले कालो झन्डा देखाएका हुन् ।

त्यहाँ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, अनुसन्धान ब्युरो र नगरप्रहरीले सुरक्षा दिएको थियो । कार्यक्रमका लागि १ सय बढी स्वयंसेवक खटिएका थिए । तर सुरक्षाकर्मिहरूकाे घेरा ताेडदै एक युवाले कालाे झन्डा देखाएका हुन ।

यद्यपी सुरक्षा घेरा तोड्दै खचाखच भरिएको मञ्च भन्दा झण्डै ५० मिटर अगाडि एक्कासी प्रवेश गरी कालो झण्डा देखाएका थिए।

उनी ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै कार्यक्रम स्थल प्रवेश गरेर कालो झण्डा देखाएका थिए। कालो झण्डा देखाउने अर्घाखाँचीका रुद्र घिमिरे भएको प्रहरील जनाएको छ। उनलाई प्रहरीले नियन्त्रणमा राखेको छ। सुरुमा सुरक्षाको नजरमा नपरेका उनलाई प्रधानमन्त्रीले सम्बोधन रोकेर ‘सुरक्षाकर्मी कता छ ‘ भनेपछि मात्रै समातेर लगिएको थियो।