जसले झुक्किएर भाजपालाई मत गएको भन्दै काटे आफ्नै औंला

भारतीय मतदाताको काइदा

काठमाडौं– झुक्किएर सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई मतदान गर्न पुगेको भन्दै एक भारतीय मतदाताले आफ्नो औंला काटेका छन्।

दोस्रो चरणको मतदान अन्तर्गत बिहीबार उत्तर प्रदेश राज्यको बुलन्द सहर क्षेत्रमा मतदान गरेका पवन कुमारले आफूले भूलवश गलत पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो चोरऔंला काटिदिएको बताएका छन्।

सामाजिक सञ्जालमा उनको भिडियो चर्चित भइरहेको छ जसमा उनले आफूले दूर्घटनावश भाजपालाई मत हाल्न पुगेको बताएका छन्।

उनले क्षेत्रीय दल बहुजन समाज पार्टीलाई मतदान गर्न चाहेको तर विद्युतीय भोटिङ मसिनमा धेरै चुनाव चिह्नहरू देखेर आफू अलमलमा परेको बताएका छन्।

‘म हात्ती चुनाव चिन्हमा मतदान गर्न चाहन्थेँ,’ उक्त भिडियोमा उनले भनेका छन्, ‘तर मैले झुक्किएर फूल चिन्हमा मत हालें।’

उनले मतदान गर्न चाहेको बहुजन समाज पार्टीको चुनाव चिन्ह हात्ती हो भने भाजपा पार्टीको चुनाव चिह्न कमलको फूल हो।