यसरी भन्सार छली नेपाल भित्रयाउदै गरेको ठूलो परिणामको कपडा प्रहरी नियन्त्रणमा

बारा जिल्लाको विश्रामपुर गाउ पालिका ३ स्थित खुदिमा भारतबाट भन्सार छली गरी अवैध रुपमा नेपाल भित्रदै गरकोठुलो परिणामको कपडा प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलि ल्याउदै गरेको अवस्थामा वारा शसस्त्र प्रहरीले ठूलो परिणामको कपडाका थान र दुई वटा ट्याक्टर चालक सहित पक्राउ गरेको हो ।

बारा जिल्लाको विश्रामपुर गाउ पालिका ३ स्थित खुदिमा टोल जाने बहर इलाकाबाट ट्याक्टरको टूलीमुनी लुकाएर ल्याउदै गरेको सामान ससस्त्र प्रहरी बल सहायक प्रहरी निरिक्षक राजेश फुयालको टोलिले पक्राउ गरेको हो । 

एकातर्फ भन्सार छली नेपाल तर्फ ना १ त ७७६६ नम्बरको ट्याक्टरको प्रयोग गरी अनुमानित मूल्य पाँच लाख बराबरको कपडा सहितको ट्याक्टरको अनुमानित मूल्य तेह्रलाख अनुमान गरिएको सप्रनि फुयालले बताए ।

भने सोही दिन विश्रामपुर गा.पा. ४ स्मीत खुर्दमा टोला इलाकामा ट्याक्टर नम्बर ना ४ त ३३२८ को मेल्सी ट्याक्टरको प्रयोग गरी अनुमानित मूल्य छ लाख बराबरको कपडा सहितको ट्याक्टर तेह्रलाख बराबरको रहेको बताइएको छ । चालकहरु नागा यादव र मुनिलाल पटेललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी विओपी राखेको जानकारी दिइएको छ ।