प्रचण्ड गर्मीका बीच नेपालगञ्जमा सुरु भयो आठौं राष्ट्रिय खेलकुद

नेपालगञ्जकाे प्रचण्ड गर्मिका बिचमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका नेपालगन्ज रंगशालामा सुरु भएकाे छ। बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेपछि प्रतियोगिता सुरु भएको हो।

गर्मीकाे पहिचानले परिचित नेपालगञ्जमा राष्ट्रिय खेलकुद प्रतियोगिताले बेग्लै राैनकता छाएकाे छ ।   नेपालगञ्ज अहिले प्रचण्ड गर्मीले तातेको छ । गर्मीका बीच बिहीबारदेखि औपचारिक रुपमा शुरु हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता (नेपाली खेलकुको महाकुम्भ)ले यहाँको वातावरणलाई गुञ्जायमान बनाइदिएको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य द्वारबाट भित्रै छिर्दा प्रतियोगिताका लागि तयार पारिएको भिआईपी प्यारापिटले सबैको नजर तान्छ । प्याराफिटको अगाडि युवा तथा खेलकुद मन्त्रीसहित राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु तस्वीर अंकित लामो र आकर्षक होडिङ बोर्डमा कतिपयका आँखा गड्छन् । होडिङ बोर्डको सिरानमा ‘समृद्ध खेलकुद खुसी खेलाडी, बढ्छौ हामी सधै अगाडि,’ लेखिएको छ । त्यही बोर्डको दाँया छेउमा छ, राष्ट्रिपति विद्धादेवि भण्डारीले हात हल्लाइरहेको तस्वीर ।

भिआईपी प्यारापिटको भित्र छिर्दा त्यसको निर्माणमा गरिएको हतारो प्रस्टै देखिन्छ । अर्थात् धेरै मिलाउन खोजेपनि केही नमिले जस्तो ! ‘हिलोमाथि कार्पेट’ राखेजस्तै भएपनि हेर्दा भने आकर्षक नै देखिन्छ ।

प्रतियोगितामा पाँच हजार २११ खेलाडी सहित प्रशिक्षक, ब्यवस्थापक, अफिसियसल, रेफ्री सङ्घ प्रतिनिधी गरी ११ हजारको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन बिहिवार भएपनि चैत २७ गतेदेखि नै खेलहरु सुरु भईरहेका छन् । खेलकुद बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहीमा भईरहेको छ । केही खेल काठमाडौं, ललितपुर र पोखरामा पनि खेल भईरहेका छन् । ओलम्पिक टर्च लाईट आजै बेलुकी नेपालगन्ज रंगशाला पुग्नेछ ।