कोहलपुरमा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाद्धारा निष्क्रिय

बाँकेको कोहलपुर ११ मा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । एकाबिहानै मुख्य राजमार्गको बिच भागमा शंकास्पद बस्तु देखिएपछि स्थानियहरुले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।

२ घण्टाको प्रयासपछि सिद्धिबिनायक सामुदायिक वनमा लगेर सेनाले बम डिस्पोज गरेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार निष्क्रिय पारिएको प्रेसरकुकर बममा ठुलो क्षमताको विस्फोटक पदार्थ प्रयोग गरिएको थियो ।

प्रतिबन्धित बिप्लव नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका क्रममा बिहानै बम भेटिएको हो ।
बम राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।