सामाजिक फासिवाद उन्मुख ओली सरकार

नेपालको आजको मुख्य समस्या वा चुनौती के हो ?  केपि ओलिको सामाजिक दलाल पुँजिबाद कि नेत्र बिक्रम चन्द विप्लव ले अधुरो नेपाली क्रान्ती पूरा गर्न अघाडी सारेको एकीकृत जनक्रान्ती र बैज्ञानिक समाजबाद रु नेपाल र नेपालीको प्रगतीको बाधक बिध्यमान दलाल राज्य हो या क्रान्ति ?

आजको मुख्य समस्या भनेको बर्तमान दलाल पुँजिबादी राज्य नै हो, र यही ब्यावस्था देश र जनताको प्रगती र परिवर्तनको बाधक हो । शान्ती, बिकास, समृद्धी र समाजबादको वाधक हो । अहिलेको दलाल पुजीवादी बर्गका एक कट्ठर प्रतिनिधि आफ्नैपन भएका केपी ओली भने यो यथार्थ मान्न तयार छैनन् । बरु उनि अहिले भन्दैछन  सबै कुरा यहि ब्यबस्था र संविधानमा सम्भब छ । शान्ती र सुब्यावस्था कायम गरिनेछ, यो ब्यावस्थाको रक्षा गरिनेछ, यो ब्यबस्थाको कुनै पनि बिरोध गर्न पाइनेछैन । यदि बिरोध भएपछि पनि दबाइनेछ।

यो त स्पष्ट फासिबादी बिचार हो । प्रधानमन्त्री ओलीले देशमा राजनीतिक समस्या नै नभएको दाबी गर्दै बिप्लव नेतृत्वको नेकपालाई राजनीतिक पार्टी नमान्ने संकेत गरेका छन । ब्यक्तिगत निहित स्वार्थ पुरा गर्न हिंसा गर्न चाहने अपराधीक समुहको रुपमा नेकपा लाई परिभाषीत गर्दै पार्टी माथिनै प्रतिबन्ध गर्ने दुस्साहस गर्दैछन् ।

अर्को तर्फ देशलाई टुक्य्राउनु पर्छ भन्ने इण्डोअमेरिकी साम्राज्यवादका एजेन्ट पृथकताबादी सिके राउतसंग हात मिलाएर केपि ओलीले को साम्राज्यवाद को अघाडी घुडा टेकीसकेका छन । विप्लव नेतुत्वको नेकपा माथी राजनैतिक व्याववाहर गर्नु पर्ने तिव्र दमन र धरपकड गरेर आफ्नो सामाजिक फासिबादको चरित्र शिद्ध गरिसकेका छन । अहिलेको केपी ओली सरकार फासिबादी दिशामा गएको छ । 

कारणहरु – बिश्व पुँजिबाद तथा साम्राज्यवादहरुले नेपालमा कम्युनिस्टहरु प्रतिको आकर्षण बारे लामो समय देखि अध्यायन गर्दै आएको छन र कम्युनिस्टको बदनाम गरेर वितृष्णा पैदा गराउने रणनीति अख्तियार गर्दै आएको छ । यसमा आइएनजिओ र एनजिओ मुख्य रुपले कृयाशिल रहेका छन ।

त्यसैले अहिलेको साम्राज्यवादले कम्युनिस्टको नाममा अनि शान्ती, समृद्धी , राष्ट्रबाद र समाजबादको नाममा देश र जनताको विरुद्ध केपिलाई फासिबादी अपराध गर्न उक्साइ रहेको छ भने प्रचण्ड उर्फ पिकेलाई साथ दिन निर्देशीत गरिरहेको छ। नेपालका आन्तरिक राजनीतिक अन्तरर्विरोध सामान्य सुधारले हल हुने ठाउँमा छैन । न त बैचारिक राजनीतिक मन्थनले हल हुने ठाउँमा छ किनकी नयाँ राज्य , कम्युनिस्ट सरकार , शान्ती, समृद्धी, कथित राष्ट्रवाद र समाजवादको नाराले आम जनतालाई एक हद सम्म भ्रम परेको छ ।

तर यसबारे जो स्पष्ट छन, तिनीहरु बोल्न हिम्मत गर्दैन्न । जसले बोल्ने साहस गर्दछन , उनिहरु लाई लुटेरा वा अपराधी करार गरेर प्रतिबन्ध गरिन्छ । यो अन्यौल्ता र अंतरर्विरोधको स्थितीमा केपि ओलिले बन्दुकको आडमा दमन दारा बिरोधी तथा परिवर्तनकारी बिचारलाई निषेध गर्न उपयुक्त अबसर ठानेका छन । केपी ओलिको आफ्नोपन वा अस्तित्वको प्रश्न संग पनि जोडिएको छ।

वास्तवमा केपि ओलि २०२८ सालको झापा विद्रोह र कम्युनिस्ट क्रान्तिबाट बिचलित र भयभित भएर पलायन भएका कायर हुन, तर यो सत्य त यिनले स्वीकार्न सक्दैनन् । बरु इतिहासमा संसारका कम्युनिस्ट समाजबादी आन्दोलनबाट पलायन भएका गद्दार जर्मनका सिदेमान र नेपालका प्रचण्ड उर्फ पिके ले झैँ क्रान्तिकारीहरुको कत्लेआम गरेर बहादुरिता प्रदर्शन गर्न चाहन्छन । यसरी अहिले जनताको न्यायपुर्ण आवाज लाई दमन गरेर फासिबादको अभ्यास दारा क्रान्तिको निषेध गर्न केपि ओलि कमान्डरको भुमिकामा छन, भने प्रचण्ड उर्फ पिके कमिसारको भुमिकामा आमन्त्रण गरिरहेका छन ।

अन्तमा , बर्तमान कथित संघिय संसदीय दलाल पुँजिबादी ब्यबस्था रहेसम्म देश र जनताको मुक्ति र समृद्धि सम्भब नै छैन । जहाँ सम्म केपि ओलिको केही न केही गरेर छोड्ने सुर छ , त्यो शान्ती , समृद्धि , राष्ट्रवाद , समाजबादको नाममा सामाजिक दलाल पुँजिबाद र फासिबादको अभ्यास गर्ने हो ।

अहिले देखिएको नेतृत्वको संकटको समाधान सामाजिक दलाल पुँजिबाद र फादिबादले गर्न सक्दैन र गर्न खोजे पनि गर्न दिनु हुदैन । तत्काललाई यो देशको नेतृत्व संकटलाई केपि ओलिको उखान टुक्का भरमा हामी बिबश छौँ तर यस्तो स्थिति धेरै दिन रहदैन र क्रान्ती अनिवार्य बनेर आउनेछ । जो नयाँ एकीकृत जनक्राती हुनेछ अनि क्रान्तिको सम्पनता र बैज्ञानिक समाजबादको स्थापनाले सामाजिक दलाल पुँजिबादलाई बिस्थापित गर्ने छ।

 अनेरास्ववियु (क्रान्तिकारी ) केन्द्रिय सदस्य