सात दिनभित्र कर बुझाउन एनसेललाई ठूला करदाता कार्यालयको पत्राचार

नबुझाए के होला ?

काठमाडाैँ,ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ कर निर्धारण गरेको छ । सर्वोच्च अदालतले पूर्ण फैसला पठाएको एक सातामै कर निर्धारण गरी सातदिन भित्र दाखिला गर्न पत्राचारसमेत गरेको छ ।

 

ठूला करदाता कार्यालयका अनुसार निर्धारण भए मध्ये २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७५१ रुपैयाँ पहिल्यै बुझाइसकेको छ। बाँकी ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ बुझाउनलाई पत्राचार भएको हो।

यस्ताे छ बिज्ञप्ति