इराकमा प्रबासी नेपालीहरुले यसरी मनाए नयाँबर्ष

बग्दाद,नेपाल सरकारबाट प्रतिबन्धित देश इराकको बग्दादमा रहेका नेपालीहरुले नयाँ बर्षको अबसरमा शुभकामना आदनप्रदान गरेका छन ।

नयाँ बर्ष २०७६ को अवसर पारेर बग्दादको जादृयामा अप्रिल १२ तारिख शुक्रबार स्कुसी रेस्टुरेन्टमा २०७५ साललाई बिदाइ गरेर नयाँ बर्ष २०७६ साललाई स्वागत गर्दै नेपालीहरुले भेट्घाट गरि एक आपसमा शुभकामना ब्यक्त गरेकाे कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानिका महासचिव बिनाेद श्रेष्ठले जानकारी दिए ।

महासचिब श्रेष्ठका अनुसार प्रवासको बसाई त्यसमाथी फर्कनको लागि सरकारबाट प्रतिबन्धले गर्दा लामो समय इराकमा नै कार्यरत नेपालिको ठूलो जामात जम्मा भएर नयाँ बर्ष मनाइएको छ।

कार्यक्रममा साँस्कृतिक कार्यक्रम गरि रमाइलो मनाउनु साथै शुभकामना आदनप्रदान गरिएको थियो ।

२००४ मा १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो ।

सोही घटना पछि नेपाल सरकारले इराक जान लगाएको प्रतिवबन्ध हालसम्मा फुकुवा गरेको छ्रैन । हाल इराकमा ५०  हजार नेपालीहरू रहेकाे अनुमान गरिएकाे छ ।