प्रधानमन्त्री ज्यु ! जनताले तपाँईलाई प्रश्न सोध्न किन नपाउने ?

प्रश्न तपाईंको वरीपरी आँफै नाचिरहेका छन्

प्रधानमन्त्री ज्यु !

नयाँ बर्षको शुभकामना छ !

जब तपाईंले लाखौं युवाहरु आम सर्वसाधारणले देखे भोगेका कटु सत्यहरु र असन्तुष्टिका आवाजलाई नमिलेका प्रश्न वा राजनीतिको आवरणमा हिंसा भनेर फेरिपनी आफ्नो अहङ्कारलाई क्यारि ओभरु गर्नु भयो २०७६ सालको शुरुवातमा, म अरु अपेक्षा राख्दिन तर तपाईंकै भाषामा केही प्रश्न गर्न चाहन्छु । भ्रष्टाचार बिरुद्दको अभियान बन्यो २०७५ साल भन्नु भो यसमा हामी हास्नु पर्ने हो वा प्रश्न गलत भो ?

ब्यापार घाटा १५ खर्ब, नेपालीको ऋण सात हजार थपिनु, महालेखाले आर्थिक अनुशासन ध्वस्त भो भन्नु, सर्बोच्वले एनसेललाई दोषी देखाउनु, मेलम्चिको गति तपाईंकै पालामा अबरुद्द हुनु, सेना बहसमा तानिनु र नेपालमा धार्मिक अतिक्रमणको बिजारोपणमा सरकार सङ्लग्न हुनुले तपाईंकै प्रशंसकले पनि के ठान्ने ? तपाईंले देखाएका प्रगतिको सुची भित्र आम जनताको बिहान बेलुकी कहाँ जोडीएको छ ? कानुन बनाएको बर्षको रुपमा उत्सव मनाएर भोक मर्दैन, बेरोजगारी टर्दैन, तपाईंको सम्बोधन सुन्ने मान्छे हरेक दिन देश छोडिरहेका छन । आधा घण्टामा दर्जनौ कानुन पारीत गरिएका छन र तिनिहरुमा भएका त्रुटी सच्याउन अब अर्को बर्ष पनि लाग्ला साययद ।

म प्रश्न परिवर्तन गर्छु, तपाईंको प्रशासनले हिरासतमा लिएका सयौ युवा तथा राजनीतिक अभीयन्ताहरु को हुन ? आफुलाई पायक पर्ने प्रश्न सोध्न सिकाउनु भएको छ, तरिका ठिकै हो तर यथार्त के हो भने तपाईंहरुलाई जागिर खाना पठाउने जनता सबै खाले प्रश्न सोध्न स्वतन्त्र छन । जवाफ छैन भने त्यो तपाईंको बाध्यता हो, मजबुरी हो र इमान्दारिता होइन । प्रश्न अहिले जनताले सोधेका छैनन तपाईं वारीपरिका घटना स्वयम प्रश्न बनेका छन ।

बालुवाटारको जग्गा, वाइडबडी बारेको मौनता, सुनकाण्ड, स्थानिय सरकार र केन्द्रको भ्रष्टाचार, जन आवाज र बिमतीसँगको फोबिया जस्तो देखिने सरकारी रबैया, गाउमा अंकारण गरिएका गस्ती र झुट्टा मुद्दा, तपाईंका मानानीय सभासदको हिस्साको अरबौ बजेट, पानी पंधेरो बनेको अमेरिका मोह, इन्डोप्यासिफिक रणनिती र नेपालको पोजिसन, बेलागाम दाता वा गैरसरकारी पैसाको ब्यवसाय, करप्सन पर्सेप्सन इन्डेक्समा लज्जा जनक अवस्था आदी तथ्यबारे जवाफ दिनु भएन । प्रश्न गर्न सिकाउनु हुन्छ ? प्रश्न तपाईंको वारिपरी आँफै नाचिरहेका छन ।

खै तपाईंको काम तपाईंको जिम्मा । तर ठुलो तुक र अर्थको नभएपनी धेरै बेतुकका कुरा आउन छोडुन, यसले नयाँ बर्ष अली राजनीतिक र बैचारिक बहसको मार्गमा जानेछ ।

लगानी सम्मेलन सफल भो कि असफल ? एउटा एनेक्डट प्रयोग गर्नु भएछ नेपाल विश्वको उदाउदो अर्थतन्त्र भनेर सरकारको प्रशंसा भो रे नेपाली बैंकको पैसा बिदेशी परीयोजनालाई सुनिशिचित गर्नु लगानी सम्मेलनको सफलता हो ?
सतलजले अरुण बनाउने हो कि नेपालीले बनाएर सतलज (भारत) लाई सुम्पने हो ?

समाजको चरित्र र चाहना शान्ती र समृद्धी भन्नु भयो, प्रश्न सरकारको चरित्रको हो । युवा र खोला बाहेक बेच्ने के छ ? रेमिट्यान्स कृषि र पर्यटन बाहेक धान्ने के छ ? यि कुनै पनि क्षेत्रमा सेमत ध्यान छैन, किनकी तपाईंहरु हरेक हप्ताको हाट बजार जाँदा फरक लुगा लगाए जस्तो मौसमी कुरा गर्नु हुन्छ ।

आम जनताका प्रश्न पुरानै छन । दलाल अर्थ ब्यबस्था आँफै सकिन्छ ? नेपालमा रोजगारी खै ? नितिगत भ्रष्टाचारको धमिराबाट देश कहिले मुक्त हुन्छ ? नेता केन्द्रित शासनको सट्टा जनता केन्द्रित शासन कहिले आउछ ? मिचिएका सिमा फिर्ताको लागि के पहल र नतिजा आयो ? स्वास्थ्य र शिक्षा जस्ता आधारभुत कुरा राज्यले जिम्मा कहिले लिन्छ ? स्वास्थ्य बिमा कहाँ पुग्यो ? युवालाई बिना धितो ऋण कहाँ छ ? नयाँ नयाँ शिलन्यास र घोषणाले फुर्सद छैन( चाइनाबाट चुचो भएको रेल सिमानामा छ कि नुवाकोट तिर आइ पुग्यो ? तपाईं प्रश्न सोध्ने तरिका होइन( उत्तरको तयारी गर्न सिक्नु पर्छ जस्तो लाग्छ ।

तपाईंको शुभकामना मन्तब्य कुनै एन्जिओको आवधिक समिक्षा होइन शासन हातमा भएका कार्यकारीले आफुले बोलेका बाचाको नतिजामुलक र तथ्य परक जवाफ दिनु हो । एक बर्षमा चमत्कार किन भएन भनेर कसैले सोधेकै छैनन । कटु यथार्त के हो भने तपाईंका सल्लाहकारहरु र मन्त्री परिषदमा डराएका मान्छे छन।  जागिर खाने र जागिर जोगाउने भन्दा माथि सोच्ने कसैलाई फुर्सद र हिम्मत छैन ।

तपाईंको असल सल्लाहकारले तपाईंलाई यो पनि सिकाउदो हो कि, गल्ती र कमजोरी धेरै गरिएको छ, व्याबहारिक र नितिगत सिप पुगेन, राजनीतिक व्यबहार गर्न जानिएन, स्टेट र पार्टिलाई कर्पोरेट इन्फेक्सन भो, सुधारन चाहन्छौ भन्नु थियो । तपाईंलाई यो बुढेसकालमा गलत देखिन नपरोस भन्ने छ।  तपाईंलाई सही थापेर आफु बनिया बन्नेको घेरामा परेको प्रष्टै हुन्छ ।

खै तपाईंको काम तपाईंको जिम्मा । तर ठुलो तुक र अर्थको नभएपनी धेरै बेतुकका कुरा आउन छोडुन, यसले नयाँ बर्ष अली राजनीतिक र बैचारिक बहसको मार्गमा जानेछ ।

आज नेपालले बहाना होइन नतिजा खोजेको छ र ति नतिजा यो डिजाइन डिफेक्टु भएको मसिनले निकाल्दैन । यो ब्यक्तिगत कुरा भन्दा धेरै माथिको प्रश्न हो । तपाईं असफल भए एउटा तपाईंको चित्त दुख्ला तर तपाईंले बिगारएको र थोपरेको सारा कुरा पुरै नेपालले भोग्नु पर्छ ।

नयाँ बर्षमा नयाँ युग आउँदैछ( तरिका नफेरी तथ्य फेरिन्नन ।

यो दलालको घेराबन्दी भित्रको सत्ताबारे बुझेपछी आफु प्रधानमन्त्री नभएको भये तपाईं पनि लडन तयार हुनुहुन्छ जस्तो लाग्छ ।