कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानिको दोस्रो अधिबेशन सम्पन्न

अध्यक्षमा कमल वाइबा तामाङ्

कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानिको दोस्रो अधिबेशन सम्पन्न भएकाे छ । १२”अप्रिल २०१९ शुक्रबार एक कार्यक्रमका विच दाेस्राे अधिबेशन सम्पन्न भएकाे हाे ।

अधिवेशनले कमल वाइबा तामाङ्को अध्यक्षमा १२ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । जसकाे वरिष्ठ उपाध्यक्षमा होम तमु , महिला उपाध्यक्षमा देकि शेर्पा , महासचिब बिनोद श्रेष्ठ , सचिब नोर्शाङ शेर्पा , कोषाध्यक्षमा ठुलोकान्छा शेर्पा, र सह कोषाध्यक्षमा बन्सु मोक्तान चयन भएका छन् ।

कुर्दिस्तान सुलेमानी र सके सम्म इराक भर नेपालिहरुलाई समस्या परेमा सहयोग गर्ने र नेपालिलाई एकता गराउने नारा दिइ २०७३ सालमा पुरानो प्रवासी नेपाली समाजलाई बिघटन गरि कुर्दिस्तान प्रवासी नेपाली समाजकाे कार्य समितिले २०१७/२०१८ मा नेपालिहरुको समस्या सुल्झाउन निकै ठूलो भुमिका खेलेको थियो।

निवर्तमान अध्यक्ष राजिब थिङ्को अध्यक्षमा भएकाे कार्यक्रममा कुर्दिस्तान सुलेमानिमा कार्यरत नेपालिहरुको उपस्थिती थियो।

कार्यक्रममा FWCDO-FOREIGNER WORKERS संस्थाका मेनेजर हामा हजार माहम्मद, गैर आवासीय नेपाली संस्थाका पुर्ब अध्यक्ष लाल काजी गुरुङ,नेपाली महिला समाज कुर्दिस्तान अध्यक्ष सानू शेर्पा लगाएत सम्पुर्ण पदाधिकारीहरु , नेपाल तामाङ घेदुङ्का उपाध्यक्ष बिजय तामाङ र सदस्यहरुको समेत सहभागी रहेको थियो।

निर्बाचित पदाधिकारिहरु निर्बिरोध चयन भएका हुन