बाजुरामा बालअश्राम बनाउन जुटे सहयोगि दाताहरू

सामाजसेवी रमाले गरिन १ लाख २४ हजार सहयोग

बाजुराकाे ब्रह्मतला नगरपालिकामा बन्दै गरेको बाल अश्रामका लागि आर्थिक सहयोग जुटिरहेको छ । कन्सर्न बाजुराको पहलमा बन्न लागेको बालआश्रमका लागि सहयोग जुटिरहेको हो ।

रोयल इभेन्टस नेपालकी प्रमुख सल्लाहकार तथा समाजसेबी रमा शाहीले १ लाख २४ हजार सहयोग गरेकी छन । उनले बाजुरामा बन्न लागेको बालआश्रमले सामाजीक रुपमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै उक्त रकम हस्तान्त्ररण् गरेकी हुन । सहयोगी दाता शाही परिवार स्वामीकार्तिक खापर गाउपालिका बाजुराकी हुन् ।

बन्दै गरेको बाल अश्रामका लागि आर्थिक सहयोग जुटिरहेको र त्यसका लागि सामाजीक अभियान्ता केपी खनाल सहतिका युवाहरु लागिपरेका अर्का अभियान्ता रोयल एवेंट्स नेपालका पूर्व अध्यक्ष अमृत बहादुर शाहीले जानकारी दिए । उनले बाजुराली युवाहरुले कर्तव्यका रुपमा लिएको भन्दै पुरा गरेरै छोडने बताए ।

बालआश्रम निमार्ण गर्न करिब ५७ लाख लाग्ने अभियान्ता अमृत बहादु शाहीले बताए । भने रमा शाहीले गरेको सहयोग बालआश्रमको लागि अहिलेसम्मकै सबैभन्दा ठुलो रकम भएको कन्सर्न बाजुराका संयोजक गणेश थापाले जानकारी दिए ।