अँध्यारोमा देखीने सपनाको काम छैन ।

गजल

टेक्ने आधार छैन हाँगाको काम छैन
फेदै रहेन भने टाउकाको काम छैन

अन्यायमा पर्दा पनि उठाउन सकेन
काटेर फालीदेउ औलाको काम छैन ।

सक्छौ भने आउ मित्र कलमसंग लडौँ
जावो घनको काम छैन खुँडाको काम छैन ।

न सिन्दुर न टिकुली लगाउन दिन्छौ
फुटाएर फालीदिन्छु चुराको काम छैन ।

यी सपनाहरू उज्यालोमा देख्न सिकौ
अँध्यारोमा देखीने सपनाको काम छैन ।