जाजरकोटको कुशे गाँउपालिकामा दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

करिब ३ सयले लिए सेवा

जाजरकोटको कुशे गाँउपालिकामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । समृद्द समाज सस्थाको आयोजना र कुशे गाँउपालिकाकाे समन्वयमा जाजरकोटको कुशे गाँउपालिका ६ घरंगामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे हो ।

समृद्ध सामाज र कुशे गाँउपालिकाको आयोजनामा निःशुल्क पाठेघर सम्बन्धी स्वास्थ्य शिविर आयोजना भएको समृद्भ समाजका अध्यक्ष गणेश खनालले जानकारी दिए । खनालले पाठेघरको क्यान्सरको चेकजाच तथा उपचार र शाे सम्बन्धी जनचेतन फैलाउनको लागि शिबिरको आयोजना गरिएको बताए ।

अध्यक्ष खनालका अनुसार सो अवसरमा करिब ३ सय महिलाको स्वास्थ्य परीक्षणमा भाग लगेका थिए । शो शिविरका अबसरमा पाठेघरको क्यान्सर सम्बन्धी समास्या १० जना महिलाई देखिएको थियो भने ।

प्रायको सेतो पानी बग्ने,चिलाउने,पेट दुख्ने,पाठेघर खस्ने ,लगायतको समास्या देखिएको बताइएको छ । त्यसको लागि उपचारको समेत पहल भैरहेको सामाजका अध्यक्ष खनाले जानकारी दिए ।

उपचारमा स्त्रीराेग बिशेशज्ञ डा.बन्दना खनाल न्याैपाने र डा. बसन्त शर्माकाे टिमले उपचार गरेकाे थियाे ।