जिन्दगी र झुपडी

आज पनि यी ठिङरिगं उभिएका पहाडहरुमा लालिगुरास फुलिरहेकै छन । घर भन्दा केहि कोष तल बग्ने कर्णालीमा पानी बगिरहेकै छ । जिन्दगिका याे बसन्तसम्मा आइपुग्दा कति उकाँली कति ओराली गरियो पत्तो छैन । जिवन एक गतिलाे भोगाईको बहुरंगी तलाउ भएको छ । यहि समयमा हो आफु फुलेर दुनियाँलाई हसाउने ती लालीगुँरासहरु आज पनि उस्तै गरेर पाखा पखेराहरुमा फुलीरहेकै छन् । गुराँसहरुको बहार सँगै बसन्त ऋतुको आगमनले झनै आल्हादित बनाइरहकै छ । कैयौले आफ्नो पिडा भुलाउने माध्यम बनाई रहेका छन । यो समय सम्झीन लायक बनिरहेको छ । जिवननका सिमित दिनहरु सम्भलना लायक हुन्छन ।

समयसंग सुक्ताखेरि गरिरहेछु यतिबेला दुःख भुलाउने गुराँसको काख मुनि आजको दिन नै करिब करिब तिन दशक अगाडी । धेरै कुरामा अपुग भएको ठाँउ सबै भन्दा पहिला भोकको अभाब हुन्थ्यो अनि रोगको अभाब हुन्थ्यो । फेरी यहि अभाबको मझेरीमा मेरो त्यो सुन्दर भुमीमा आजको दिन मैले मेरो आमा बुवाको काखबाट यो धर्तिमा पहिलो पटक पाईला टेकेको दिन त्यसैले सबैभन्दा पहिला मेरो आमा बाबालाई नमन गर्न चाान्छु । अनि त्यो भुमी जहाँ आशु भित्र पनि अनेक खुसिहरु बगीरहेका हुन्छन् । त्यो भुमी प्रति मेरो अमिट सम्झना ।

त्यसैले पनि आजको यो दिन मेरा लागी र मेरो परिवारको लागी अनुभुती नगरेको खुसि थियो । थाहा थियो होला मेरो आमा र बाबालाई हामी कसरी अभाबको बिचबाट जीवनलाई चलाईरहेका छौ ।

भागाईका श्रंखला अनबरत ढंगले बढिरहेका छन । खुसिको बाहार कसरी आउछ र जीवनलाई कसरी परिबर्तन गर्छ यी सबैथोक यो समयमा हाम्रो लागी सपना भैसकेका थिए । मैले खुसिबाट जीवनलाई परिबर्तन गर्न सकिन्छ र खुसिले जीवनमा सुख ल्याउछ भन्ने त्यो समयमा जानकारी थिएन । किन खुसि र सुख हाम्रो लागी त्यो समयमा किनेर ल्याउनु पर्ने जस्तै भैसकेको थियो ।

यो हुनुको कारण भनेको नै मेरो आमा र मेरो बाबाले यो खुसिसँग नजीकबाट कुनै पनि औपचारिक परिचय नपाएर आफ्नो जीवनलाई चलाइरहनु भएको थियो । त्यसैले पनि आजको यो दिन मेरा लागी र मेरो परिवारको लागी अनुभुती नगरेको खुसि थियो । थाहा थियो होला मेरो आमा र बाबालाई हामीहरु यो अभाबको बिचबाट जीवनलाई चलाईरहेका छौ । तर यो थाहाँ थिएन होला शो समयमा हामीलाई कुन चिजको अभावले जीवनलाई चलाउन कठिन भएको छ । यस्तै अपुग र अबुझ समाजको बिचमा मैले आज यो समाजको निम्ती र म आफु आफ्नै निम्ती संर्घष गर्नको लागी यात्रा थालनी गरेको । यो दिन मेरा लागी अबिस्मणीय बनेको छ नै तर आजको दिनबाट थप जिम्मेवारी बोध पनि भएको अनुभुती गरेकी छु ।

जिवनका कुनैकुनै दिन बहुमुल्य हुन्छन । आजको दिन मेरा लागि त्यस्तै दिन हो । म आफुलाई भन्दा बर्ता आमा बुवालाई सम्झीरहेछु ।  म आफु जन्मेको दिनको सन्दर्भ पारेर मलाई सम्झीन मन लागेको थिएन । तर कहिलेकाही हाम्रो जीवनको केहि पक्षले अरुहरुलाई पनि केहि शिक्षा दिने भएकोले पनि कहिलेकाहि यो जीवनका महत्वपुर्ण दिनहरुले आफुलाई र आफ्नाहरुको लागी पनि सम्झीन लायक हुने रहेछ । त्यसैले आज मैले यो भन्नुपर्छ आफु हुनुमा र आफु भएर बाच्नुमा लागी मात्रै नभएर यो समाजको लागी र यो पुस्ताको लागी केहि गर्नको लागी पनि परिबेशमा आफुलाई जिम्मेवारी बोध गराएको अनुभुती गरेकी छु ।

म सम्झीन्छु उहिले उहिले म जन्मेको त्यो गाँउमा जन्मीनु र मर्नुमा कुनै पनि महत्व थिएन । सन्तान जन्माउनुमा जिम्मेवारी बोध र गुमाउनुमा पिडाबोध थियो । समाजले त्यो समयमा कहिले पनि अनुभुती गरेको थिएन । समाजको त्यो परिबेशमा मैले जन्म लिएकी थिए । मानौ की म आजसम्म जसरी यो ठाँउसम्म आईपुगेकी छु त्यो भनेको पनि त्यो समाजकोे बेलाको समाजप्रतिको जिम्मेवारी बोध नहुनुले पनि हो । जस्तो लागेर आज यो स्थानमा पुगेकी छु जस्तो अनुभुती भएको छ ।

आमाले भन्नुभएको हो मलाई यो धर्तीमा जन्मदिदा हाम्रो घरमा घेरै कुराको अभाब थियो । महिनाले पनि बर्षभरी लागाएको खेती सकीने बेला र नयाँ अन्नबाली उत्पादनको कुनै मौसम नभएको यो समयमा आमाले मलाई धेरै कुरामा अभाबको बिचमा मलाई जन्म दिनु भएको रे ।

त्यो समयमा मलाई आमाले भनेको कुरा सम्झना छ । त्यो समयमा सुत्केरी भएको अबस्थामा मैले केहि पनि खाना नपाएर जौको रोटी र नुन र सुर्खानीसँग मात्रै कैयौ सुत्केरीका छाक आफुले गुजार्नु परको थियो । उहाँले पनि मेरो मु्खमा हेरर सम्झना गर्नु हु्न्छ । आमाको त्यो समयको पिडाले जसरी मलाई हुर्काउनमा र मलाई यो स्थानमा पु¥याउनमा आमाको योगदानको म जीवनभर ऋणि हुने छु । र आमालाई आजको यो दिनमा फेरिपनि हिर्दय देखि नमन गर्न चहान्छु ।

जन्म दिन मनाउन भन्दा मलाई यो जन्मदिन सम्झाउने दिनलाई मैले महत्व दिएकी छु । किनकी त्यो गाँउ जति बेला मलाई होईन मेरो बाबा र आमाको लागी धेरै कुराको अपुग भएर पनि मलाई यो परिबेशसम्म ल्याउनु भयो । त्यो बेला त्यो गाँउमा आजको जस्तो सबै कुराको सुगम थिएन तर आज सबै थोक पुगेको छ । गाँउको पनि रुप बलदिएको छ त्यसैले आजको यो दिनमा मलाई जन्म दिने आमा र बाबालाई सम्झीरहेको छु ।