बिप्लवका जनसरकार प्रमुख शाही गिरफ्तार …

नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी बांकेका जिल्ला जनसरकार प्रमुख कूष्ण शाहीलाई आज प्रहरीले घरमै वसीराखेको अवस्थामा गिरफ्तार गरेको छ   ।

जनसरकार प्रमुख समेत रहेका  शाहलाई घरमै बसिरहेको अबस्थामा प्रहरीले गरिफ्तार गरेको हो  ।

पछिल्लो समय सरकारले विप्लव नेतुत्वको नेकपा माथी अपराधिक तथा लुटेरा समुहको संज्ञा दिएर प्रतिवन्ध लगाएसंगै नेकपाका नेता कार्यकर्ता र समर्थक माथी  देश भर तिव्र धरपकड तथा गिरफ्तारी वढाएको छ ।

यसै गरी केही दिन अघीमात्र नेकपाको भातू संगठन अखिल (क्रान्तिकारी) बांकेका जिल्ला सचिवालय सदस्य तथा कोहलपुर नगर कमिटी अध्यक्ष सुनिल वटालालाई पनि प्रहरीले गिरफ्तार गरी सार्वजनिक मुद्धा चलाएर थुनामा राखेको छ ।