नेपालगञ्ज पुगेर कर्णाली प्रदेशका मुख्यमन्त्रीले यस्तो भने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले बाँके र बर्दियाका जनताको रहनसहन र सांस्कृति कर्णालीका जनतासंग मिल्दोजुल्दो भएको बताएकाा छन । 

आज नेपालगन्ज नेकपाका अगुवा कार्यकर्तासंगको भेटघाट कार्यक्रममा  मुख्यमन्त्री शाहीले बाँके र बर्दियासित अन्यौन्याश्रित सम्बन्ध रहेको भन्दै कुनै न कुनै बेला कर्णालीमा गाभिने कुरामा दुईमत नरहेको दावी गरे ।

मुख्यमन्त्री शाहीले नेपालगन्ज यो क्षेत्रको एउटा ब्यपारीक केन्द्र भएको बताउदै मुख्यमन्त्री शाहीले मिलेर जानुपर्ने धारणा राखे ।

मुख्यमन्त्री शाहीले बाँकेको जमुनाह देखि सुर्खेतसम्मा चिनले फोरलेनको सडक निर्माण गर्ने जिम्मा चिनले लगिसकेको जानकारी दिए ।

कार्यक्रममा बाँके र बर्दियाका अगुवा कार्यकर्ताहरूको उपस्थिति रहेको थियोे ।