नेकपाका युवा नेता द्भय आचार्यले गरे मल्लको दिर्घायुको कामना

भने जिल्लाको लागि जसरी पनि बचाउनै पर्ने युवा

नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता द्भय रामदिप आचार्य र निरज आचार्यले  मृगौला रोगबाट पिडित जाजरकोटका युवा नेता केबी मल्ललाई स्वास्थ्यमा दिर्घायुको कामना गरेका छन । 

द्भय आचार्य राजधानीको ललितपुर धापाखेल स्थिति सुमरू अस्पतालमा पुगि स्वास्थ्य लाभसंगै दिर्घायुको कामना गरेका हुन । 

नेकपाका केन्द्रीय सदस्य समेत रहेका द्भय नेता आचार्यले एक जुझारु युवा नेताको स्वास्थ्य अबस्था बिग्रदा जिल्लाको लागि चिन्ताको बिषय बनेको बताए । 

दुबै मृगौलाले काम गर्न नसक्ने अबस्थामा पुगेपछि युवानेता मल्ल अस्पताल भर्न भएका थिए । मल्लको बिषयमा जानकारी पाइसकेपछि द्भय नेता निरज आचार्य र रामदिप आचार्य अस्पताल पुगेका हुन । 

उनिहरूले मल्लको स्वास्थ्य लाभको कामना गर्नुका साथै प्रक्रियागत सहयोग गर्ने बताएका छन । जाजरकोट घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए ।

जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय सशक्त युवा नेताका रुपमा देखिएका मल्ल एक वर्षदेखि मृगौला रोगबाट पीडित छन् । चिकित्सकका अनुसार उनको दुबै मृगौला ८० प्रतिशत काम गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

केही महिना पहिले वीर अस्पतालमा जाँच गर्दा मृगौला रोगका लागि परिक्षण गरिने क्रिटीनाइन इन्डिकेटर ५ रहेकोमा मंगलबार फेरि चेक गराउँदा बढेर १५ पुगेको पाइएको छ ।