सानो

कविता

सानाे तिमिले अचानो बनायाै
चोट सहने अचानोको
भक्कानो कसरी सुनाउ म तिमिलाई  ।
तर सुन आज
तिमिले दिएको कपडा मैले
तिम्रो लागी कोट बनाए ।
बदलामा तिमीले मलाई यो समाजको
सानो खोट लगाइ चोट दियौ ।
मैले बगाएको पसिनाले तिम्रो
घरको छानो मुनि उभिएकै दिन
मैलाई सानो बनायर आफूलाई ठुलोको
उदघोष गर्यौ  ।

म सानोले बनाएको तिम्रो घरको
शिर जति अग्लिदै गयो
त्यति मेरो आयु पग्लिदै गयो
तिमिले दुईचार कविताका श्वलोक पढेर
लामा छोटा कविता कोर्यौ ।
मैले आफ्नो भाग्य र भबिस्य झोलामा बोकेर
भबिस्यको भोकले भौतारिदै बिध र घरको
दुरि नै संसार बानाउनेको भाग्य कोरेको छु ।
कविता कोर्नु र भग्य कोर्नु फरक कुरा हो
म कर्मलाई ठुलो ठान्छु ।

खल्तीमा असमानताको आगो फुक्दै
मुखमा समानताको स्वास फेर्ने
ठुलाहरुका लुला भाषणदेखि म थकित छु ।
म समाजको भाग्य कोर्ने मान्छे
तिमी कविता कोर्ने मान्छे
कविता कोरे जस्तो हुदैन भाग्य कोर्न
म भित्र पबित्र छ भनी मन्दिरको मुर्ति पुज्ने
कहिल्यै चेष्टा गर्यौ बुझ्ने 
त्यो कसको पसिनाको पानीले
पुजिएको छ भनेर ।

समाजमा सानो ठुलो बिच बिभाजित गरेझै
के आफ्नो बाआमाको कम्मर माथी तिर र
तल तिरको भाग नेपाल र भारतको सिमा
छुट्टयाए जस्तै छुट्टाउन सक्छौ
सामाजिक शिक्षा पढाउने गुरुले आफ्नो
इच्छा पढाउनु भो तर समाज कहिल्यै
पढाउनु भएन ।

यो समाजको माझमा अझै पनि
विकृति र विसङगतिको कालो कर्तुतको जालोले
हाम्रो मगज नै धमिलो बनाएको छ ।
यहि समाजको सबै मानिसको
मगजको माझो लगाउनु
युगको चाहाना र समयको आवस्यक
माग हो ।

आउ समानताको साइनो गासी,
काधमा आसुको बाध नबनाई
ल्याउन नव युगको सुनौलो बिहान
बनाउ रुढीबादी चिन्तनको एकै चिहान
अक्सर सबै साना कुरा,चिज र बस्तु
कहिल्यै साना हुदैनन ।
विश्व ध्वस्त पार्ने परमाणुका अणु
पनि त सानै हुन्छन ।

बाआमाका ती अति सुक्ष्म स्पर्समा र ओभमले नै
हामीलाई ठुलो बनाएको हो ।
त्यही सानै प्वालले नै सिङ्गो पानी जहाज
पानीमा डुब्छ । 
बहुमुल्य धातु हिरा,मणि र मोतीका
दाना पनि त सानै हुन्छन
विशाल श्रूष्टीलाई दृष्टि दिई
शुन्दरता देख्ने आँखाको नानी
पनि त सानै हुन्छ ।
मुटुको धमनी पनि त सानै हुन्छ ।
सबै साना कुरा,चिज र बस्तु
कहिल्यै साना हुदैनन ।

जुम्ला, हाल किर्तिपुर काठमाण्डौ