रहेनन् गोवाका मुख्यमन्त्री मनोहर पर्रिकर

नयाँदिल्ली– गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको आइतबार निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आफ्नो ट्वीटमार्फत मनोहरको निधन भएको जानकारी दिएका छन् । उनी लामो समयदेखि बिरामी रहेका थिए भने पछिल्लो केही दिनयता अवस्था थप गम्भीर बनेको थियो ।

विगत एक वर्षदेखि प्यान्क्रियाटिक क्यान्सरबाटग्रस्त ६३ वर्षीय मनोहर सबैभन्दा पहिले १४ फेब्रुअरी २०१८ मा बिरामी परेका थिए । त्यसपछि उनी गोवा मेडिकल कलेजमा भर्ना भएका थिए । त्यसको केही दिनपछि उनी मुम्बईस्थित लिलावती अस्पतालमा रेफर भए भने त्यहाँबाट अमेरिकापनि लगियो ।

यस्तै गत सेम्टेम्बर १५ मा उनलाई भारत ल्याएर नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनी अक्टोबर १४ मा गोवा फर्किएका थिए ।