महिला-पुरुष सम्बन्धी सहरिया बहस र नेपाली समाज

टिप्पणी

चलनचल्ती अनुसार बिबाहपछी महिला पुरुषको घर जान्छिन । पुरुषको घरमा लोग्ने मात्र हुदैन ,उसकाे परिवारको अन्य सदस्यहरु पनि हुन्छन । विवाह गरेर आएकी महिलाले उक्त स्थानमा आफुलाई स्वतन्त्र महसुस नगर्न सक्छिन र उनलाई हेपिएको महसुस हुनसक्छ ।

अब बिबाहपछी पुरुष नै महिलाको आमाबाबुको घरमा गएर बस्दा पनि घरज्वाई भनेर हेपिने र आफ्नो परिवार आमाबाबु लगायतको दायित्वबाट बञ्चित हुन्छ । बिबाह पछी श्रीमान (श्रीमती दुबै जना नयाँ डेरा वा घरमा बसुन भनेपनी त्यो अनुसारको आर्थिक हैसियत नहुन सक्छ । फेरि समाजमा सबैले यस्तै गरेभने सामाजिक र पारिवारिक सम्बन्धमा कस्तो असर पर्ला ?

आजका दिनमा पढेलेखेका महिलाहरुको बिचमा पनि यो बहस लैजान बहुत गाह्रो परिरहेको छ भने अर्को तिर शहरिया सभ्रान्त बर्गमात्र होइन मध्यम बर्गिय महिलाहरु समेतलाई फेसन,गहना र भोज भतेरको अति चाहानाले दिन प्रतिदिन आधुनिक दासी बनाइरहेको छ ।

हाम्रो वरिपरि आजकल यस्तै बहसहरु पनि हुने गर्छन । धेरैजसो महिला अधिकार कर्मीहरु नै यस्तो कुरा गर्ने गरीका छन।केही समय पहिले नेपाल कै प्रख्यात महिला वकिल र अधिकारकर्मीले भन्नुभयो । अब नारी बिबाह गरेर पुरुषको घर जाने होइन,पुरुषलाई बिबाह गरेर आफ्नो घर ल्याउने हो।

नारी दिवसको दिनमा महिला सांसदहरू सगर्व साथ घोषणा गर्नुहुन्छ – अब खाना पकाउने र भाडा माझ्ने पुरुषको पालो हो। सुन्दा रमाइलो लागे पनि मलाई लाग्छ यस्ता तर्कहरुले न सम्स्याको चुरो बुझिन्छ ,न समाधानका उपायहरु निस्कन्छन ।

जतिसुकै महिलाको स्वतन्त्रता र अधिकारको कुरा गरेपनी उहाँहरु पुरुष बाट प्राप्त हुने मानो र छानो त्याग्न तयार हुनुहुन्न,आश्रीत भैरहन चाहनु भएको छ भने यो शसक्तीकरणको उल्टो यात्रा नै हुन्छ। कम्तीमा पढेलेखेका र आत्मनिर्भर महिलाहरु यस्को उदाहरण बनुन भन्ने शुभकामना दिन चाहन्छु ।

पुरुषहरूको मासिक कमाई र पुर्ख्यौली सम्पत्ती सबैमा महिलाको हक हुन्छ तर महिलाको कमाई र सम्पत्तीमा चाहिँ एकलौटी हक भैरहनु पनि जायज होइन कि, बहस हुन सक्छ रुरु यस्तो अबस्थामा श्रीमान(श्रीमती कसरी पार्टनर भए रुरु त्याहाँ त एउटा संरक्षक हुन्छ,अर्को पालित अनि एउटा शासक हुन्छ,अर्को शासित ११ महिला स्वतन्त्र बन्नको निम्ति पुरुषलाई पनि स्वतन्त्र बन्न दिनसक्नु पर्छ ,उसलाई पनि समाजले दिएको दायित्व सहितको शासकिय अधिकार प्रती बितृष्णा हुनसक्छ ।

हामीले कहिलेकाही यो पाटो बाट पनि हेर्ने कि ? परिवार ,प्रेम,यौन र सम्पत्ती महिला- पुरुष दुबैको बराबरी चाहाना र आबश्यकता हुन। महिला अधिकार कर्मी कमला भासिन अनुसार – हो अहिले पित्रीसत्ता छ, हामी मध्ये धेरैले त्यस्को बदलामा मातृसत्ता चाहिरहेका हुनसक्छौ ,जुन कुरा गलत हो ।

महिलाको चाहाना र प्रयास समान सत्ता तर्फ हुन पर्छ । कहिलेकाही महिला स्वयं आफुलाई ससक्त देखाउन पुरुष झै कार्य गर्ने वा पुरुष जस्तो देखिने प्रयास पनि हुन्छ,तर यसो गर्नाले महिलाको आफ्नो स्वतन्त्र पहिचानको अस्तित्व धरापमा पर्न जान्छ,जस्तै कुनै महिलाले बिग्रेका पुरुष जस्तै रक्सी,बियर पिएर मात्न सक्छिन वा पुरुषले जस्तै समाजमा डाङ्डुङ पनि गर्न सक्लिन तर यसबाट उनी सशक्त बन्न सक्दिनन ।

उनको स्वतन्त्र पहिचान समेत धरापमा पर्न जान्छ । महिलाहरु बच्चा पाउने मिसिन जस्तो होइनन तर पनि बच्चा पाउनु उनिहरुको सृष्टि कै अहँ जिम्मेवारी हो । बिषय बस्तुहरुको बुझाईमा द्वन्द्वात्मक सम्बन्ध हुनेगर्दछ,कुनैपनी बिषयलाई एकोहोरो मुल्यांकन गर्नु गलत हुन जान्छ ।

त्यसकारण स्वतन्त्र पहिचान समेतको समान सत्ता नै आजका महिलाको आबश्यकता र अधिकार हुन्छ कि ? त्यसकारण महिला – पुरुष दुबैको बराबरी आत्मसम्मान र अधिकारको निम्ति यी तत्वहरु अपरिहार्य छनस् ।

– अन्धबिश्वास,कुरिती विरुद्ध अभियानमा ।
–  बलात्कार लगायतका यौन हिंसा प्रती शुन्य सहनसिलता ।
– नेपाल जस्तो देशमा महिला स्वास्थ्य र सीपरशिक्षा र रोजगारीमा बिशेश जोड । 
–  दुबै आत्मनिर्भर अनि आर्थिकरब्यबहारिक काममा साझेदारी ।

– प्रत्येक नागरिक र विशेष रुपमा जेष्ट नागरिकहरुको सम्पुर्ण सामाजिक सुरक्षाको ग्यारेन्टी सहितको जिम्मेवार राज्य ।

यो सबैका निम्ति पुर्ण समाजबादी ब्यबस्था चाहिन्छ । पुजीवादी ब्यबस्थाले महिलालाई एउटा बस्तु वा उपयोगी सामान बनाउछ भन्ने चेत अहिलेका शिक्षित महिलामा आउनु पर्छ। ब्युटी कन्टेस्ट,सुन्दरी प्रतियोगिता र विभिन्न बस्तुको बिज्ञापनमा महिला शसक्तीकरण देख्ने सोच र व्यबहार चाहिँ सर्बप्रथम महिलाहरुले नै त्याग्नुपर्छ।

आजका दिनमा पढेलेखेका महिलाहरुको बिचमा पनि यो बहस लैजान बहुत गाह्रो परिरहेको छ भने अर्को तिर शहरिया सभ्रान्त बर्गमात्र होइन मध्यम बर्गिय महिलाहरु समेतलाई फेसन,गहना र भोज भतेरको अति चाहानाले दिन प्रतिदिन आधुनिक दासी बनाइरहेको छ।

यो बिषय्बस्तुलाई आफ्नो समुहको हितमा अनुसन्धानात्म चिरफार गर्न सक्नुभएन भने , पढेलेखेका शिक्षित महिलाहरु हो , तपाईहरु पुरुष बिरोधी त मज्जाले बन्न सक्नुहुन्छ तर सकारात्मक परिवर्तनको सम्बाहक चाहिँ असम्भव नै छ।