सरकारी कर्मचारीको काइदा – ब्यक्तिगत शौखका लागि सरकारी गाडि

जेब्रा क्रसिङमा रोकेर पान खाना हान्निएपछि….

सरकारी अधिकारीहरुले ब्यक्तिगत शौखका लागि सरकारी गाडिको दुरुपयोग बढ्दै गएको घटना खासे पुराना भने हैनन । पछिल्लाे समय सरकारी गाडिकाे दुरूपयाेगका घटनाहरू प्राय बाहिरिन थालेका छन । यसाे त  सरकारी गाडि भनेपछि ट्राफिकले समेत खासै ध्यान नदिंदा यस्ता समस्या बढ्दै जान थालेका छन् ।

यस्तै  बिहिबार राति सवा १० बजेतिर नेपालञ्जकाे त्रिभुवन चाेकमा यस्तै घटना  घटेको छ । सरकारी अफिस समय कति हाे सबैलाइ थाहै छ ।  बिहिबार राति सवा १० बजेतिर सरकारी नं बा २ झ ३२५१ नं प्लेटको गाडि त्रिभुवन चोकमा पार्किङ नगरिकन रोकियो ।

त्यसपछि ड्राईभर सहित ५ जना गाडिबाट झरेर पान खान गए । गाडि भने जेब्रा क्रसिङमा छाेडेर मदिराले लठ्ठ उनिहरू पान पसल तिर हान्निए । 

सरकारी काम बाहेक ब्यक्तिगत कुनैपनि कार्यमा सरकारी गाडिको प्रयोग गर्न नपाईने भएपनि माथि उल्लेखित घटना क्रमलाई हेर्ने हो भने न त यसमा सरोकारवालाको ध्यान जान सक्यो न त अन्य कसैको ।

नाम नबताउने सर्तमा एकजनाले बा २ झ ३२५१ नं प्लेटको उक्त गाडिमा सिक्टा सिंचाई डिभिजन कार्यालयका कर्मचारीहरु रहेको बताए ।