प्रचण्ड हत्याको संभावित खतरा कहाँ र कसबाट ?

इतिहासमा कहिलेकाही तितो सुन्नपर्छ त कहिलेकाँही त्यस्ता तिक्तता ब्यहोर्नु नी परेको बास्तबिकता कँहिकतै लुकेका छैनन भर्खरै सामाजिक संजालमा सुनेको कमरेड प्रचण्डलाई मार्ने षड्यन्त्रको ठूलो खतरापूर्ण संकेत बिप्लव नेकपाबाट छ । भन्ने बर्तमान सरकारको आन्तरिक गुप्तचर बिभागले सूचना दियो भन्दा गम्भीर र आश्चर्यजनक चिन्ताको कहुतहल्ता पैदा गरेको छ ।

प्रचण्ड को हुन र को थिए ?  सायद त्यति भनिरहनु पर्छ जस्तो लाग्दैन । नेपालको इतिहासमा राजसंस्थाको लामो इतिहास समाप्त गर्ने प्रचण्डलाई प्रमुख श्रेय जान्छ नेपालीको इतिहासमा राष्ट्रभक्ती तथा जनतन्त्रिक शक्तिमाथी यो वा त्यो रूपमा वैदेशिक आक्रमण हस्तक्षेप हत्याको शृङ्खलाबद्ध घटनाको तथ्यांक फेलापार्न सकिन्छ । जे जति हत्याहिंसाको सुस्मा अध्ययन गर्ने हो भने पश्चिमा शक्तिकै हात रहेकोे छ ।

हामिहरु प्रमुख दोष छिमेकी शक्तिलाई दिने गरेकाछौँ अन्तर्रा्ष्ट्रिय सिआइए गुप्तचर संस्थाले नेपालाइ दक्षिण एसियाली भूगोलको भु राजनिती पोलेसी र त्यस्ले उत्पादन गर्ने भ्रम पुर्न प्रपोगान्डा देखी प्रचण्ड मात्रै होइन सम्पुर्ण राष्ट्रभक्ती शक्तिले बुझ्न जरुरी छ ।

राजा महेन्द्र हर्टअट्याक (आकस्मिक ) निधन हो या षड्यन्त्रपुर्ण हत्या हो । अहिलेसम्म पुष्टि भएको छैन । एपोचित पादरिका बर्तमना चेलाहरुले पैसाको बलमा लेखिएको इतिहास कति सत्य भन्ने कुरा बुझ्न जरुरी छ । त्यसपछिका श्रंखलाबद्ध घटनाहरुलाई राम्रोसँग बुझ्ने हो भने राष्ट्रभक्ती ब्यक्तिमाथी षड्यन्त्रपुर्ण तरिकाले भएको हत्याको लेखाजोखा हुन जरुरी छ ।

मदनकुमार भण्डारी माथिको हत्याको प्रमुख कारण के थियो ?

झापा बिद्रोहबाट अलगथलग कोसि कोडिनेसन तत्कालीन मालेलाई एकताबद्ध गरेर जनताको बहुदलीय जनबादको बाटो हुँदै कम्युनिस्ट पार्टीको शासन सत्ता स्थापन गर्न सकिन्छ । भन्ने बिचार अगाडि सारेपछी बिश्व कम्युनिस्ट आन्दोलनमा एउटा नयाँ बहसको थालनी स्वभाबिक बनेको थियो ।

बहुदलीय प्रतिस्पर्धामा राजा जनताबाट चुनिने या राजतन्त्रले प्रजातान्त्रिक मुल्यमान्यतामा अटने भन्नेबारे बहस थालेपछि नेपालको राजतन्त्रको सौभाग्य र पश्चिमा शक्तिलाई टाउको दुखाइ बनेको थियो ।

खुल्ला रूपमा मदनकुमार भण्डारीले प्रजातन्त्र माथी कुनैपनी हस्तक्षेप नगरे नेपालको इतिहासमा कम्युनिस्ट राज्य ब्यबस्था र राजतन्त्रसगै रहन सक्छन यो कुनै अनौठो बिषय होइन भनेको दुइबर्ष बित्न नपाउदै मदन भण्डारीको हत्या भएको थियो । पश्चिमाहरुले आफ्नो चाख पुराहुने नदेखेपछी मदन भन्डारिको हत्या रहस्यमय भयो ।
तथ्य एक ।

राजा बिरेन्द्रको हत्याको अर्को शंका र तथ्यहरु ।

नेपालबाट पहिलो कुरा राजसंस्थालाइ कसरी आफ्नो काबुमा लिन सकिन्छ । त्यो अनुसार चौतर्फी प्रयासलाई बिरेन्द्रबाट संभावना नदेखिएकाले पश्चिमा शक्ति नयाँ तरिकाले षड्यन्त्रको तानाबाना बुनिरहेका थिए ।

त्यसैलाई लिएर बिरेन्द्रले मदनकुमार भण्डारीको हत्याको उचित छानबिनका लागि पहल चाल्ने कुराको सुरुवात गरेको केहिबर्ष्भित्रै बिरेन्द्रको परिवार नासको षड्यन्त्र रचिएको देखिन्छ र दरबार हत्याकाण्ड घट्यो यहाँ के कुराको अध्यन गर्न सकिन्छ भने दरबार हत्याकाण्ड र मदनकुमार भण्डारीको हत्याको योजनाकार एउटै तत्वबाट भएको हो थियो ।

प्रचण्डको हत्यागर्ने सार्मथ्य बिप्लवबाट सम्भब छैन ।

२०५२ साल फाल्गुन १ गतेदेखि जनयुद्धको सुरुवाती चरणदेखि २०६२ सालसम्मको माओवादी आन्दोलनको दस्तावेजका पानामा संघियता र धर्मनिरपेक्षताको एजेन्डामा छलफल उठेको कतैपनी पाइदैन । अझत २०५६ सालदेखि पछाडिको आन्दोलनमा म स्वयम् संलग्न भएकोले यथार्थ थाह छ ।

१२ बुँदे दिल्ली सम्झौता र त्यसपछिका घटनाका शुस्मा इतिहास अध्यन गर्ने हो भने २०६३ सालपछि प्रचण्डलाई पश्चिमा साम्राज्यवादले मानव अधिकार उलंघनको हाउ गुजीको र अन्तर्रा्ष्ट्रिय हेग अदालतको त्रास देखाएर धर्म निरपेक्षता र संघियताको एजेन्डा लागु गर्ने सर्तमा जबर्जस्त प्रचण्डलाई घेराबन्दी गरिएको हो ।

यद्यपि प्रचण्डले संघियता र धर्म निरपेक्षताबाट एक इन्चमात्रै पछि हटेर बोलेपछी प्रचण्डलाई अन्तराष्ट्रियस्तरमा मुद्दा दर्ता हुनसक्ने धम्कीले प्रचण्ड घेराबन्दीमा छन । तितो सत्य के हो भने जनयुद्धको माध्यमबाट वर्गसंघर्षको मुद्दाहरूको स्थापित गर्न नसकेको र जनयुद्धको औचित्य पुस्टिपनी गर्न नसक्नुले प्रचण्डलाई पश्चिमाहरुको चर्को दबाबमा परेका छन । पश्चिमा शक्तिले उत्तर चीन र दक्षिण भारतको उदयमान बिकास रोक्न जिओ पोलेसी नेपालबाट फाइदा लिन खोजेका छन ।

त्यसैसँग जोडेर अमेरिकी साम्राज्यवादले सिके रावतलाइ ढाल बनाएर सिदै नेपालको भाबभुमिमा टेकेर नेपालको तराईलाइ कास्मिरीकरण बनाउने दिर्घ स्वार्थ सिद्ध गर्नको लागि भारतलाइ किरमिया करणको ललिपप देखाएर चीन भारत सक्ने खेलमा र बिस्तारै एसियाली मुलुकलाई अधिनमा लिने आफ्नो स्वार्थकालागि सिके रावत प्रयोगमा ल्याएको छ ।

सिके रावत र नेपाल सरकारले गरेको ११ बुदे सम्झौता पश्चिमा मुलुकहरूकै चाखमा भएको छ । अब सिके रावतलाई पुर्नरुपमा केपि वलिको साथ सहयोगमा सम्मान गरिमामय हैसियतमा राखियो । प्रचण्डले राष्ट्रिय बिखण्डनको पक्षमा साथ नदिन अझ सिके रावतलाई राष्ट्रिय भौगोलिक अखण्डतामा कुरा नगर्न भनेर ११ बुदेको विरुद्धमा बोलेपछी प्रचण्डको जीवनकालमा गम्भीरता निम्तिन सक्छ । खास कुरा जसरी बिप्लवबाट प्रचण्डलाई खतराको संकेत छ । भनेर घृणित हल्ला फैलाउनु बर्तमान सिके गठबन्धनका आन्तरिक संजाल र योजना हुन । प्रचण्ड केपि वलि राम बहादुर थापा बादल तिनवटाले सिके रावतसग गरेको सम्झौतालेनै चियानघाटमा निदायको काललाइ बोलाएर बिस्तरामा सुताइयको हो ।

अर्को कुरा बिप्लव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाएर गृहमन्त्री युरोपेली राष्ट्रतिर प्रस्थान गर्नुले सिके रावतको एजेन्डा स्थापित गर्नकै लागि हो । अर्को्तिर सिके रावतसगको बिखण्डनकारी सम्झौतालाई जनताको ध्यानाकर्षण नहोस भन्नेनै हो । बर्तमान सरकारले गरेका हरेक कामकारबाहीमा जनताको जन आक्रोशको दिमागले कामनगरोस भनेर सरकारले अनैतिक फासिबादी चरीत्र चित्रन गरेको हो । पश्चिमा साम्राज्यवादका असली एजेन्ड बर्तमन गृहमन्त्री भएर राष्ट्रलाई दुर्घटनाको दिशामा धकेल्ने कोसिस गरिएको छ ।

राजनीति हिसाबले अब प्रचण्ड र केपि वलीले समयम्ता चिन्ता नगर्ने हो भने उहाहरुको जीवन उहाहरुकै मालिकहरुबाट छ । बिप्लवले कुनै तिल तान्न सक्दैनन् । यो सम्झदा र सुन्दा सरकारका आफ्नै सुरक्षा समयन्त्र र आफैले निर्माण गरेका क्रियाकलाप प्रती गम्भीर दया र चिन्ता लागेर आउछ ।