राष्ट्रिय अपराधको ढाकछोप र विप्लवमाथिको प्रतिबन्ध !

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो असइय अपराधको ढाकछोप गर्न बेला बखतमा दलाल साम्राज्यवादका नकटुहरुले सामाजिक प्रपोगाण्डाको अपवाह फैलाउने कुनै सिमा र बाध हुदैन । आफ्नो असफ़ल राजनीति चरीतार्थ चित्रणलाई जनताको आँखामा धमिलो पार्न नयाँ चट्की देखाउने गर्दछन । त्यसको प्रत्यक्ष परोक्ष प्रतिक्रिया बेलाबेलामा सतहबाट देखिन्छन् ।

माओवादी जनयुद्धको शान्तिपुर्ण अवतरण र १९ दिने जनआन्दोलनको भाबमर्म बिपरित नेपाली राजनीतिदलका गतिविधिबारे कुनैपनी बौद्धिक जमात अनबिज्ञ छैन । संविधान सभाको चुनावबाट नेपाल र नेपाली जनताको भाग्य भबिष्यको फैसला गर्ने कुरालाई तत्कालीन प्रतिक्रियावादी तत्वले आनाकानी गरेको पहिलो संविधान सभाको चुनाव पछिसम्म आइपुग्दा छर्लङ्ग भएको छ ।

खासगरी दोस्रो संविधानसभाको चुनावको नौटङ्की कमेडी गरेर प्रधान्यायधिष खिलराज रेग्मीलाई मन्त्री परिषदको अध्यक्ष बनायर नेपालमा संविधान सभाको चुनाव गराइयो त्यो नै सबैभन्दा अराजक तथा अराष्टि«य अराजनीतिक थियोे ।  त्यो प्रणालीको विरुद्धमा रहेका सबै शक्तिलार्इ सामदाम दण्डभेद प्रयोग गरेर समाप्त पार्ने षड्यन्त्र नै अमेरिकी तथा युरोपेली साम्राज्यवाद लागेको थियोे ।

त्यसैको बैशाखी बनेको नेपालमा २०७० पछिको घटनाक्रमहरूको तथ्यांकले स्पष्ट पारेको छ । इतिआदी इतिहाँसमा देखिएका घटनाका सबै तथ्य अनुसार दोस्रो संविधान सभाको चुनाव अमेरिकी तथा युरोपेली चाख अनुसार भएको थियोे । त्यसपछिका नेपालमा बनेका सम्पुर्ण सरकार र हरेक राष्ट्रघात तथा जनबिरोधी क्रियाकलाप साम्राज्यवादका उदेश्य परिपुर्ति नै भएकोे तथ्य हो ।

जसअनुसार बनेको संविधान र सरकार पश्चिमा साम्राज्यवादको भाब भुमिमा नै भएको छ । नेपालमा जतिपनी राष्ट्रिय अपराधका घटना एकपछि अर्को बन्दै गएका छन । ती सबै पश्चिमा साम्राज्यवादको गुरु योजनामा घटेका हुन । पश्चिमा साम्राज्यवादको गुप्तचरको बैधानिक भुमिकामा बर्तमान कथित नेकपाको सरकार बनाउन तत्कालीन माके र एमाले एकताको नाटक रचेर बिकास र समृद्धिको नारा दिएर चुनाव गराए पार्टी एकता गराए । तिनीहरुकै नेतृत्वमा सरकार बनेको छ । नेपाली जनताको इच्छा चाहाना र राष्ट्रिय स्वाधीनताको हकमा यो सरकार पुनः असफल साबित भएको छ ।

त्यसैले आफ्नो सम्पुर्ण असफलतालाई ढाकछोप गर्न एकपछि अर्को अपराधकाे सुरुवात गरिरहेका छ्न । जसको बुँदागत ब्याख्या यसप्रकार छन।

१. बैज्ञानिक आर्थिक ब्यबस्थापन गर्नुको साटो एक बर्षको अबधीमा जनतामा चर्को कर थोपारेर आर्थिक समृद्धिको साटो जनतालाई निरास र बिदेश पलाउन गराउने तर्फ उद्द्त सरकारको नितिप्रती जनताको अरुचिलार्इ कपटपूर्ण छल गरेर प्रधानमन्त्री स्वरोजगारको बेकुफ तारिफ पैलाइयो।

 . शान्ति सुरक्षा र सुशाषणको मामिलामा पर्ण असफलता ब्यहोरेको सरकारले निर्मला पन्तको मात्रै मुद्दा होइन सयौं अपराधका घटनालाई पार लगाउन र सरकार उम्कने दाउमा नाटकिय शैलिमा एकातिर छानबिन आयोग अर्कोतिर सरकारकै षड्यन्त्रमा अपराधीलाई संरक्षण दिने काम कारबाहीमा जनताको आक्रोश बढेपछि त्यसलाई ढाकछोप गर्न निअपराधी निर्दोसी नागरिकलाई डर त्रास र पैसाको चलखेल सुरु गरियो ।

३. आफ्नै चुनावी नारालाई स्थापित नगरी चिकित्सा शिक्षा बिध्यक शिक्षा स्वस्थ क्षेत्रमा भएको ब्यापारीकरणलाइ स्थापित यातायात सिन्डिकेट ठेक्का खाल्डाखुल्डी लगायतका कामलाई ढाकछोप गर्न पोलपोलमा समृद्धिको ब्यानर सो गर्‍यो जस्ले भु माफियाको पक्षपाेषण गरेको छ।

४. चरम भ्रष्टाचारलाइ निरुत्साहित गर्ने नाम भजायर सुनकाण्ड, वाइड्बडी काण्ड,मेलम्ची कमिसन, एनसिएलले करछली ,भ्रष्टाचारलाई जनताले स्पष्टताका साथ थाहा पाउनु र त्यसको पछाडी जनआक्रोशको मनोभावना बढ्दैजानु र त्यसलाई निरुत्साहित पार्न तत्काल आनाकानी गर्दै छुद्र र छुचो शैलिमा मुल नेतृतव प्रस्तुत हुनु । त्यतातिर जनताको ध्यानाकर्षण नजावस भन्ने हेतुले रेशम चौधरीलाई आजिबन जेल सजाय सुनाउनु।

 . देशद्रोही सिके रावतलाइ पश्चिमा गुरु योजनामा रिहाई हुनु र रातारात राष्ट्रिय हित बिपरित गरेको अपराधीक अराजनीतिक र असहिय सम्झौताले कथित नेकपाको सरकारले गरेको सम्झौताको विरुद्धमा सडकमा आन्दोलन उठ्ने खतरा देखेर जनताको ध्यान बिकर्सन गराउन बिप्लव नेर्तत्वको नेकपामाथी प्रतिबन्धित सरकारी निर्नय एक अपराध लुकाउन अर्को अपराधको थालनी गरेको हो।

यसरी सरकारले राष्ट्रिय स्तरबाट जघन्य अमानवीय अपराध गर्दै जाने हो भने देशमा सुशाषन समृद्धि होईन । औपचारीक द्धन्द्धको अनिवार्य सुरुवात हो ।

बिप्लव नेतृत्वको नेकपासँग बार्ताको लागि सोमप्रसाद पान्डेको खुबी र हैसियतले पुग्दैन । सरकारको गृह प्रशासनको टोलिसहित बार्ता थालिनुपर्छ सरकारले बिप्लव नेतृत्वको टोलिमाथी गरेको प्रतिबन्धले जबर्जस्ती सरकारले नै युद्धको घोषण गरेको बुझिन्छ।