बाँके रेडक्रसको ३७औं बार्षिक साधारणसभा सम्पन्न

नेपालगन्ज , नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ३७औं जिल्ला बार्षिक साधारण सभा सम्पन्न भएको छ । डुडुवा गाउँपालिका २ बेतहनीमा सम्पन्न भएको हो ।

डुडुवा गाउँपालिका अध्यक्ष एवं सभाका प्रमुख अतिथि नरेन्द्र कुमार चौधरीले रेडक्रसले पालिकासंगको सहकार्यमा विपद् व्यवस्थापन, रक्तादान, खोज तथा उद्धार जस्ता महत्वपूर्ण कार्य गरेको प्रशंसा गर्दै बेतहनी उपशाखा भवन निर्माणका लागि रु १ लाख ५० हजार बराबरको सहयोग गर्न प्रतिवद्धता व्यक्त गरे ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं सभाका विशिष्ट अतिथि अजीतकुमार शर्माले रेडक्रसको संशोधित विधानको बारेमा जानकारी गराउदै डुडुवा गाउँपालिकाले रेडक्रसलाई गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरे । उनले बाँके शाखाको मानवीय सेवा स्थानीय देखि राष्ट्रिय स्तरमा उदारण प्रस्तुत गरेको उल्लेख गरे ।

जिल्ला समन्वय समितिका प्रमुख अजय श्रीवास्तवले रेडक्रसको कार्यक्रम जिल्ला भरी संचालन भईरहेको आपूmले देखेको बताउँदै अझै व्यापक बनाउन आग्रह गरे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले अरु जिल्ला भन्दा बाँके रेडक्रसको क्रियाकलाप व्यापक र सरहनीय रहेको बताउँदै विपद् व्यवस्थापनको क्षेत्रमा जिल्ला देखि समुदायस्तरसम्म कार्य गरेको प्रशंसा गरे ।

२५ वर्ष भन्दा बढी रेडक्रस स्वयंसेवकका रुपमा संलग्न रही स्वयंसेवा गर्नु भएका नेरेसो बाँकेका उपसभापति सुरेन्द्रनाथ सापकोटालाई उत्कृष्ट स्वयंसेवा पुरस्कार र जुनियर तथा युवा रेडक्रस कार्यमा अतुल्नीय योगदान गर्नु भएका सिद्देश्वर माविका युवा रेडक्रस सर्कलका शिक्षक नायक दिर्घराज बजगाईलाई सम्मान गरिएको छ ।