भ्रामक समाचारको खण्डन गर्दै गाँउपालिकाद्वारा यस्तो बिज्ञप्ति

भनियाे विप्लवसित कुनै दुश्मनी छैन

कालीकाेट,भ्रामक समाचारकाेे खण्डन गर्दै कालीकाेटकाे पचालझरणा गाँउपालिकाद्वारा बिज्ञप्ति निकालिएकाे छ । केहि मिडियामा सत्य तथ्य नबुझि भ्रामक समाचार लेखेकेा भन्दै खण्डन गरिएकाे हाे ।

 विज्ञप्तिमा अध्यक्ष खड्कराज सेजुवालले विप्लव नेकपाप्रति जनप्रतिनिधीहरुको कुनै वैमनश्यता भरहेकोपनि बताएका  छन । उनले पाचालझरणा गाउँपालिकाकाे विप्लव नेतृत्वको नेकपासित कुनै दुश्मनी नरहेकाे समेत  बताएका  छन ।

गत २५ गते गृहमन्त्रलायको निर्देशनमा प्रहरीले कालिकोटको केहीस्थानमा विप्लव नेकपाको कार्यक्रम गर्न नदिएको विषयलाई लिएर मिडियामा आएको समाचारको खण्डन गर्दै  गाउँपालिकाले आज विज्ञप्ति मार्फत यस्तो कुरा बताएको हो ।

साेमबार मात्र उक्त गाउँपालिकाका जनप्रतिनिधीको आग्रहमा प्रहरीले विप्लव नेकपाको कार्यक्रम रोक्न लगाएको समाचार आएको थियो ।

आज गाउँपालिकाले यो समाचारको खण्डन गरेको छ । सो समाचारलाई गाउँपालकिाले जनप्रतिनिधीहरुको बदनाम गराउने उद्धेश्यले बनाइएको बताइएकाे छ ।