जय बागेश्वरीले यसरी मनायो ३९ औँ बार्षिक उत्सब

बाँके,नेपालगञ्ज उप – महानगरपालिका वडा नम्बर ११ सुर्खेतरोड रहेको जय बागेश्वरी उच्च मध्यामिक बिद्यालयले ३९ औँ वार्षिकोत्सव मनाएको छ । बिद्यालयले ३९ औँ वार्षिकोत्सव बिभिन्न साँस्कृतिक तथा मनाेरञ्जनात्मक कार्यक्रम गरि मनाएकाे हाे । 

नेपालगञ्जको सुर्खेतराेडमा रहेको बिद्यालय सफल उत्कृष्ट बिद्यालयको रुपमा परिचित छ । उच्च ब्यबस्थापन सहित सञ्चालनमा आएको बिद्यालयले  उत्कृष्ट ब्यवस्थापन गरेको  दावी गरेकाे छ । कक्षा १२ सम्म पठनपाठन हुने बिध्यालयले आगामी दिनमा समेत उत्कृष्टता हासिल गर्ने दावी गरेकाे छ ।

नमूना विद्यालयको रुपमा स्थापना गराउने तयारीका साथ व्यवस्थापनमा सुरु गरिएको सो विद्यालयका प्रधानध्यापक बिद्यामान भण्डारीले जानकारी दिएका छन । उक्त  बिद्यालयमा १ हजार बिद्यार्थी रहेकाे बताइएकाे छ ।