इथोपियन एयरलाइन्सको जहाज दुर्घटना

१५७ जनाको मृत्यु

केन्याको राजधानी नैरबीका लागि उडेको इथोपियन एयरलाइन्स दुर्घटना भएको छ। इथियोपियाको राजधानी आदिसअबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपिएन एअरको जहाज दुर्घटना हुँदा जहाजमा सवार १५७ जनाको मृत्यु भएको हो।

१४९ यात्रु र चालक दलका ८ सदस्यसहित उडेको ७३७ बोइङ बिमान दुर्घटनामा परेको हो। जहाज विमानस्थलबाट उडेको ६ मिनेटमा नै दुर्घटना भएको थियो।

‘दुर्घटनामा ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना’ भन्दै इथियोपियाका प्रधानमन्त्री अबी अहमदले ट्वीट गरेका छन्।

यस्ताे छ उनकाे टुइट