पार्टिमा ब्याप्त झाडाबान्ता र डाक्टरको उदासिनता

एउटा कम्युनिस्ट नेता वा कार्यकर्ता भिन्न धातुले बनेको जात हो । यो हिजोका दिनहरु पार्टिले दिने स्कुलिङको बेला भट्याउने कोटेसन हो । पार्टिको सदस्यता प्राप्त गर्दानै बर्गप्रति ईमानदार ,पार्टिप्रति बफादार,योजनाको गोपनियता प्रति संवेदनशील , श्रमप्रति विस्वास, पार्टिको निर्देशनमा अनुशासित , संगठन संचालनमा जनवादी केन्द्रीयता,सर्वहारावादी संस्कृतिलाई आत्मसाथ गर्दै बर्गिय मुक्तिका लागि मर्नुपरे मर्ने कसम खाने प्रचल थियो र अहिले पनि छ । गोपनियता र अनुशासन एउटा कम्युनिस्ट क्याडरका आर्दश हुन । तर केही बर्ष यता यो मान्यतामा बिचलन आएको छ।

छलफलमा स्वतन्त्रता र काम कार्यवाहिमा एकरुपताको लेलिनवादी सिद्धान्त विपरित पार्टिका आन्तरिक गतिविधि ,निर्णय तथा कार्यक्रमलाई विपक्षलाई अनुकुल हुने गरि भण्डाफोर गर्ने,हरेक विषयलाई पार्टिको आधिकारिक र संस्थागत संप्रेशन गर्नु भन्दा अआफुलाई लागेको व्याख्या गर्ने,चित्त बुझेन भने जथाभावी भण्डाफोर गर्दै हिड्ने,कतिपय संदनशिल विषयलाई हल्का ढंगले सार्वजनिक गर्ने,जसलाई जे लाग्यो मनपरि ढंगले वाक्दै हिड्ने।विभिन्न मेडियामा आएका नेताहरुका अभिव्यक्ति साचो हुन भने बुझ्नु पर्यो कम्युनिस्ट पार्टिमा झाडावान्ता लागेछ ।जसले गर्दा जनता,कार्यकर्ता ,समर्थक सुभचिन्तकलाई निकै चिन्तित र निराशा थप्दैछ । नेताहरु भेष बदलेर ट्याम्पो वा सार्वजनिक यातायातमा यात्रा गर्नुस त्यहाँ सक्कलि जनमत थाहा हुन्छ।

शौचालय नबनाई बाटोमा दिशा गर्ने दण्ड गर्नु भनेको बाटोमा लौरो तेर्साएर झगडा बर्षाउनु सरह हुनेछन् । अन्तमा बर्तमानमा पार्टिमा देखापरेका असन्तुष्टि,अकर्मण्यता ,कुण्ठा र अराजकता को आधार सहि जनवादको प्रयोग गर्न नपाउनु हो ।

यस्तो किन भयो ? गतसाल बजेड भाषणपछि दलको बैठकमा सांसदहरू प्रति संकेत गर्दै सम्माननिय प्रधानमन्त्री तथा पार्टि अध्यक्ष कमरेड के पि ओलिले निर्देशन गर्नु भयो बाहिर जथाभावी फोहर नगर्नु । हुन पनि हो जथाभावि फोहर गर्नु मनासिब होईन । तर त्यो बैठकमै सांसदहरुका धारणा बुझ्ने बुझाउने काम भएन । भने पार्टि एकतापछि बैठक रोलकालकै रुपमा सकियो । फेरि बसेको छैन, पार्टि एकताले पनि पुर्णता पाएको छैन र झन अन्योलता बढ्दैछ।

संसदीय दलको बैठक बस्छ दल नेता र पार्टि अध्यक्ष द्धोयले १५ र २० मिनेट भाषण गर्नु हुन्छ । कार्यक्रममा जानुछ भन्दै समापन हुन्छ । तर बरिस्ठ नेता सांसदले पनि सुझाव र धारण राख्न मौका हुदैन । छलफलमा स्वतन्त्रता भन्ने स्प्रीट मर्छ । जब यो मर्छ त काम कारबाही एकरुपताको आशा गर्नु ब्यर्थ हुन्छ ।

पार्टि अध्यक्षले भन्नू भएको फोहर जथाभावी नफाल्ने भनेको अर्थ सबैले बुझेको पार्टि या दलको बैठकमा हो फोहर गर्ने र त्यो सफा गरेर नया बनाउने काम मुल नेतृत्वको हो सबैको धारणा बुझेर । बिषय आफैले मात्र बुझेको भन्ने भ्रम पाल्नु नेतृत्वले पाल्नु हुन्न । अरुसंग पनि राम्रा बिचार हुन्छन र त्यस्लाई समेटेर जादा आफु समृद्ध भईन्छ भन्ने फराकिलो सोच राख्नु पर्छ।

पार्टि या दलको बैठक विधानमा भएको ब्यबस्था अनुसार बसाल्नु,बैठकमा सबैलाई या बोल्न चाहानेलाई २ मिनेट भएपनि बोल्न दिएर उनिका कुरा सुन्नु नेतृत्वको जिम्मेवारी हो । यो विधिले मात्रै जथाभावी वान्ता रोकिन्छ ,झाडा पखालाको महामारि फैलिदैन । सार्वजानिक सौचालय पनि नबनाउने अनि बाहिर फोहर नगर्न निर्देशन पनि दिएको परिणाम के हुन्छ ? आज जथाभावी फोहर बढ्नुमा मुख्य डक्टरको रुपमा रहनु भएका नेतृत्व जिम्मेवार हुनुहुन्छ ।

पार्टिका जिम्मेवार नेताहरुले बोलेका कुराहरु सत्य हुन भने बुझेर पार्टिको बैठक डाकेर बिचार ब्यबस्थापन गर्नु सहि उपचार हो । यसरी बिचार राख्ने अवसर दिएर सबैका कुरा सुनेर पार्टि योजना र निर्णय लागू गर्न एक रुपता पैदा हुन्छ । त्यस पछि सबैमा बुझाईमा समानता आउछ । त्यति गर्दा पनि वा फोहर फाल्ने शौचालय बनाउदा पनि बहिर दिशा बान्ता नरोकिए दोश्रो विधि हो दण्ड जरिवाना ।

शौचालय नबनाई बाटोमा दिशा गर्ने दण्ड गर्नु भनेको बाटोमा लौरो तेर्साएर झगडा बर्षाउनु सरह हुनेछन् । अन्तमा बर्तमानमा पार्टिमा देखापरेका असन्तुष्टि,अकर्मण्यता ,कुण्ठा र अराजकता को आधार सहि जनवादको प्रयोग गर्न नपाउनु हो । यसको निदानको लागि मुल नेतृत्व गम्भीर ,जिम्मेवार र उत्तरदायी हुनु जरुरि छ । आज हाम्रो पार्टिमा जे संक्रामक रोग देखिन खोज्दै छ । यसको उचित उपचार समयमै पार्टिका डक्टरले गर्नै पर्छ बेखबर हुनु हुदैन भन्दा जथाभावी वान्ताको अर्थ त लाग्दैन ?