यस्ता छन् सरकारले सिके राउतसँग गरेका सहमति

स्वतन्त्र मधेस गठबन्धन अन्त्यको घोषणा

स्वतन्त्र मशेध गठबन्धनको अभियान चलाइरहेका सिके राउतले पृथकतावादी अभियान परित्याग गरेका छन्। नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गर्ने र पृथकतावादी आन्दोलनलाई त्याग्ने सर्तमा सरकार र स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतबीच सहमति घोषणा गरिएको छ।

राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्प कमल दाहालको उपस्थितिमा सहमति घोषणा कार्यक्रम भएको हो । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट सिके राउतले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

यस्ता छन् सरकारले सिके राउतसँग गरेका सहमति

सिके राउत नेतृत्को स्वतन्त्र तराई मधेस गठबन्धन र सरकारबीच शुक्रबार ११ बूँदे सहमति भएको छ। सिके राउतले मूलधारको राजनीतिमा आएर स्वतन्त्र मधेस राज्यको माग छाड्ने बताएपछि दुईपक्षबीच राष्ट्रिय सभागृहमा यस्तो सहमति भएको हो ।

शुक्रबारबाट लागू भएको यो सहमतिमा सिके राउत र गृहमन्त्री रामबहादुर थापा बादलले हस्तक्षर गरेका छन् । सहमतिका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित थिए । हिंसात्मक आन्दोलन गर्न सजिलो भए पनि सहज गाह्रो हुने भन्दै त्यस्ता गतिविधिमा नलाग्न अन्य पक्षलाई आह्वानसमेत गरे ।

‘हामी बुद्धका सन्तान हौ । अहिंशा हाम्रो रौँ–रौँमा बसेको – सिके राउत

राउतले ‘हामीले हिंसात्मक आन्दोलन गरेर समय खेर फाल्ने बेला नभएकाे बताए ।  उनले भने जनताले चाहेपनि जे पनि हासिल गर्न सक्छ । वार्तामार्फत राज्यले प्रतिबद्धता पनि जनाएको छ । सबै शक्ति जनताको हातमा निहित रहेको छ । जस्तो व्यवस्था ल्याउन छ, त्यसका लागि अभिमत प्रयोग गरुन् । समग्र देशको विकास हासिल गर्ने बेला आएको छ ।’ राज्य पक्षले जनतामा निहित रहेको सम्प्रभुतालाई स्वीकार गर्दै आफूलाई राजनीतिक स्पेश प्रदान गरेको बताउँदै राउतले भने, ‘जनता नै सर्वोपरी हो । यो राज्यको पनि जीत हो । जताको पनि जित हो । कसैले पनि अनर्थ नलगाउन अनुरोध गर्दछु ।’ उनले जनमत संग्रहको आधारमा समस्या समाधान गर्न दुवै पक्ष तयार भएकाले यो सहमति भएको दाबी गरे ।