महिला मुक्ति र चुनौतिका पर्खाल

सन्दर्भ-अन्तराष्ट्रिय नारी दिवस

आज नारी दिवस १नारी दिवसका अवसरमा नेपाल तथा विश्व भरिका महिला हरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

नारी दिवसका कुरा गर्दा प्रश्न उठ्छ मुक्ति को यसो ८ मार्च आजजैका दिन महिला आनन्दोलन र संघर्ष ले अधिकार प्राप्त भएको थियो। लिंगिए भेदभाव र चरम उत्पडिनमा परेका नारी संघर्ष द्वारा अधिकारको शिला न्यास भयो र आज सापेक्षित स्वतन्त्र छन।

यसो त नेपालमा पंचायतकालमा पनि पंचायतको बर्गिय संगठनले नारिदिवस मनाएको ,नारा लगाएर नगर परिक्रमा गरि भाषण गरेको पनि याद ताजै छ। त्यतिबेला मञ्चमा शुभकामना दिने अमय,उमय र पञ्चनेताहरुका भाषण र उनिहरुका घरको अवस्था दाँज्दा ठिक विपरित देखिन्थ्यो। भाषणमा महिला मुक्ति र अधिकारका कुरा र घरमा श्रीमतीलाई दासको ब्यबहार अझ त वर्णाश्रम ब्यबस्थाका नेपाली नारीको अवस्था त झन दयनीय थियो र छ अझै ।

जातिगत रुपमा महिलाको विभाजन हुने र कथित ठुला जाति महिलाले साना जाति महिलालाई हेप्ने,धनि परिवारका महिलाले गरिव परिवारका महिला हेप्ने,उत्पिडन गर्ने र श्रम शोषण गर्ने यी व्यवहारले ती नारी दिवस पंचायतकालमा औपचारिक मात्र हुन्थे  । नेपालमा बहुदल आगमनपछि राजनितिक बाताबरण सहज र केही खकुलो बनेकाे जगजाहेर छ ।

यसको भरपुर सदुपयोग गरेर राजनितिक पार्टि र तिनिका भातृ संगठनहरुले विभिन्न विधि र शैलीद्वारा जनतामा अधिकारको चेतना जगाए। प्रगतिशील देउसि भैलो,तिज,पंचमि लगायत का पर्व लाई बिचार र राजनितिक प्रचार को माध्यम बनाए र एकहद सम्म सफल भए
। त्यहि अभियानको एउटा हिस्सा हो महिला आन्दोलन विभिन्न पार्टिमा आवद्ध महिला संगठन ले जुनसुकै समुहमा रहेपनि
महिला मुक्तिको बैचारिक राजनैतिक आधार निर्माण गर्न सफल भए। फेरिपनि ब्यबहारिक प्रयोगको लागि लिखित दस्तावेज संविधानमा अधिकार ठोस हुन सकेनन् न त प्रभावकारी कानुन् नै बने।

बर्गिय,जातिय,लिंगिय,साँस्कृतिक र क्षेत्रय उत्पिडन पुर्ण मुक्ति र अधिकारको ब्यबहारिक प्रयोगकाका लागि राजनितिक ब्यबस्थामा नै परिवर्णतनको आवश्यक्ता महसुस भयो । यहि आवश्यक्तालाई दृष्टिगत गरि २०५२ सालमा जनयुद्धको थालनि भयो । अर्थात विद्रोहको झण्डा उठ्यो । जनयुद्धको थालनिसंगै सबै जनसंगठन र विशेषगरि महिलाको सहभागिता उलेख्य रह्यो । बर्गिय मुक्तिसंगै महिला मुक्तिको नारा लिएर बस्ति बस्ति पुगेर चेतना जागाँउदै आन्दोलनमा समाहित गरे । झण्डै ३३ प्रतिशत महिला जनसेनामा कार्यरत रहे। संगठनको स्वरुप नै सेना भए पछि र एउटा कार्यकर्ता चार कर्तामा परिभाषित गरेपछि सबैले सबै गर्नु अनिवार्य थियो। यसले धार्मिक र साँस्कृतिक रुपले डिमारकेसन गरेको नेपाली समाजमा सबैले सबै गर्न सकिने भन्दै डिमारकेसन तोड्यो ।

जनयुद्धमा बाल विवाह ,बहुविवाह ,जाड रक्सि, जुवा तास र महिला हिंसा,जातिय भेद,लिंगिय भेदको अन्त आफैबाट सुरु भयो। यसको सकारात्मक प्रभाव समाजमा पर्यो लागू भयो । सँस्कृति र परंरागत नाम छोडेर उर्जा,वर्षा,चेतना,तारा,बम बारुद,आदि नाम रहे जसका पछाडि थरको पुच्छर हट्यो  र समानताको ब्यबहारिक अभ्यास भयो । यसबाट बर्षौंसम्म सबै खाले उत्पिडनमा परेका महिलाहरुले जनयुद्धको दह्रो समर्थन गरे। यहि समर्थन नै शान्ति वार्ताको आधार बन्यो जसले १२ बुदे समझदारि निर्माण गर्यो।

आज देशमा संघिय गणतन्त्र छ,नया संविधान छ हिजोका युद्ध ,आन्दोलन र संघर्षका उपलब्धिले संस्थागत रुप लिए । नीति निर्माण देखी राज्यका सबै क्षेत्रमा समानुपातिक ,समावेशि त्यसमा पनप महिलाको ३३प्रतिशत किटान भएको छ। नेपालमा पहिलो पटक राष्ट्रको सर्बोच्च संस्था राष्ट्रपति महिला हुनुहुन्छ । सबै तह र क्षेत्रमा महिला को प्रतिशत सहभागिता बाध्यात्मक ब्यबस्था छ ,यो आन्दोलनकै उपलब्धि हो जसमा महिलाको भुमिका उच्च थियो ।

यति हुँदै पनि पनि आजका दिन हेर्दा फेरि कतै सांस्कृतिक प्रतिक्रान्ति तर्फ समाज त गएन  भन्ने प्रश्न उठ्दैछन्। छउपडि,दाईजो,बोक्सि,बहुविवाह ,बालविवाह ,महिला तथा घरेलु हिंसा पुनर्जिवित हुन थाले। यसबारे हिजो माओवादीले बल प्रयोग गरेको मानविय भावना नबुझेको जस्ता आरोप लगाउने विभिन्न नामका मानवाधिकारवादीहरु पनि आज त्यति कृयाशिल छैनन्।
त्यति मात्र नभएर हिजो क्रान्तिको बेला नारी पुरुष समान भन्ने कम्युनिस्टहरु पनि आज कपडा धुने ,खाना पकाउने र बच्चा हेर्ने पालो मेरो छ भन्ने कुनै घर भेटिएन।

अझ पनि सानेकि आमाले पकाए मिठो,उनैले धोएका कपडा सुकिलाे ,नुन मिलेन तरकारिमा गालि,कपडा न धोए कुटाई,तिज आयो गोडाको पानी पिउनु,बेलुका सन्ध्यामा बत्ति बाल्यो गोडा ढोग जस्ता दासब्य मालिक ब्यबस्था अवशेष हामीसंगै हुनु दुर्भाग्य हो। उता उत्पिडनबाट मुक्तिका कुरा गर्ने महिला आफै सासू जति जुटेर बुहारिहरु उछितो र बुहारिहरु जम्मा भएर सासुहरुको उछितो काट्ने गरेका घट्ना घरै पिच्छे देखिन्छन्। क्रान्तिकारीता,बर्गियता र एकनिस्टताको मार्क्सवादी विवाह नीतिका विरुद्ध बहुविवाह पनि चलेकैछन्।

अझ विडम्बनापूर्ण कुरा के भने अन्धविश्वासको प्रभाव मुक्त हुन नसकेर विद्वान महिलाहरु पनि छाउ गोठमा बस्ने र सन्तानको लागि भनेर पशुपति आउने नाँगा बाबाको पुजा गर्ने जस्ता अस्वाभाविक काम पनि भईरहेकाछन्। दाईजो चलेकै छ,महिलाले महिलालाई नै बोक्सि भनेर कुटपिट भएका घटना सुनिन छोडेनन्।

अन्तमा राजनितीक अधिकार प्राप्ति गर्नु ऐतिहासिक उपलब्धि हुन तर प्रयोगमा ल्याउनु बढि महत्वको हुन्छ। यसको आफुले बुझेको बिषय आफैले लागू गर्नु पर्छ आफ्नो घर बाट सुरु गर्नु पर्छ । त्यसो गर्दा महिला र पुरुषको समान बुझाई हुनु र कृयान्वयनमा पनि समानभुमिका हुनु पर्छ एक्लै ले संभव हुदैन। यो ब्यबहारमा लागू गर्न अहिलेसम्म क्रान्ति को नेतृत्व गर्नु को नाताले कम्युनिस्ट पार्टिले नितिगत निर्णय गरि अनुशासन कै रुपमा लागू गर्नु पर्छ।

नारिहरुले पनि विद्यमान बिकृति ,बिसंगति र कु संस्कार जिम्मा पुरुषको हो भनेर अतिवादि नारीवादी साेच हटाउदै ऐतिहासिक भौतिकवादी दृष्टिकोणले हेर्नू पर्छ। मातृयुग समाप्तिपछि पुरुष प्रदान समाजको भद्दा उपहार भनेर बुझ्नु राम्रो हुन्छ र महिला पुरुष दुबैको सहकार्यले मुक्ति संभव छ। सापेक्षित पुर्ण मुक्ति हुन अझ ठुलो परिवर्तनको खाचो छ। यसको लागि प्राप्त उपलब्धिको जनत गर्दै र थप उपलब्धिका लागि बिचार ,राजनिती ,संगन र नयाँ शोच सहित तयारिमा लाग्नु आज को आवश्यक्ता हो। महिलाहरुको आपसि सुदृढ एकता त्यसको अनिवार्य शर्त हो। या सबै युगिन आवश्यक्ता पूरा गर्न ८ मार्च नारि दिवस सफल रहोस यहि शुभकामना !!!