अन्तर मावि उपमेयर छात्रा क्रिकेटमा मंगल र आदर्श मावि बिजयी

नेपालगञ्ज फागन २२ गते– नेपालगञ्जमा जारी प्रथम अन्तर मावि उपमेयर छात्रा क्रिकेट प्रतियोगितामा मंगल प्रसाद र आदर्श माध्यमिक विद्यालय बिजयी भएका छन् । बाँके जिल्ला क्रिकेट संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगिताको बुधबार सम्पन्न पहिलो खेलमा मंगलले युनाइटेड एजुकेसन एकेडेमीलाई ९ विकेटले पराजित गरेको छ । ट्स जितेर पहिला व्याटिङ गरेको युनाइटेडले निर्धारित १२ ओभरमा ८ विकेट गुमाउँदै ६० रन बनाएको थियो ।

उसका लागि अस्मिता केसीले ११ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । मंगलका बलर प्रतीक्षा चौधरीले ३ ओभरमा १२ रन दिएर ५ विकेट लिए भने स्वतिका खत्रीले २ विकेट लिइन् । जवाफी व्याटिङमा आएको मंगलले ५ ओभर २ बलमै १ विकेटको नोक्सानीमा ६१ रन बनायो । उसका लागि स्वतिका खत्रीले २१र एलिना बर्माले १९ रन योगदान गरिन् । युनाइटेडका बलर शन्ध्या शाहले १ विकेट लिइन् । खेलमा ओमेन अफ द म्याच प्रतीक्षा चौधरी घोषित भइन ।

उनले नेपालगन्ज मोडेल एकेडेमीकोे आकर्षक टि सट प्राप्त गरिन । प्रतियोगिता अबधीभर सो स्कुलले ओमेन अफ द म्याचलाई टि सर्ट प्रदान गर्ने छ । प्रतियोगिताको दोस्रो खेलमा आदर्श मा वि ९ विकेटले बिजयी भएको छ । खेलमा टस जितेर पहिला व्याटिङ गरेको धम्बोझीले १२ ओभरमा मात्र ६१ रन वनाएको थियो ।

धम्बोझी स्कुलका लागि अर्पना ठाकुरले २२ रन बनाउनु बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । आदर्शका लागि दोर्मा शेर्पाले २, पेम्बा लमु शेर्पाले १ विकेट लिए । जबाफी व्याटिङमा आएको आदर्शले ५ ओभर ५ बलमा बिजयला लक्ष्य भेटायो । उसका लागि पेम्बा लमु शेर्पाले नट आउट २९ रनको पारी खेलिन । धम्बोझीका अर्पना ठाकुरले १ विकेट लिइन् ।

प्रतियोगितामा १४ माविका महिला टिम सहभागी रहेको छ । प्रतियोगितामा बिहीवार शान्ती बिद्या निकेतन र एबिसी रेसिडेन्टल तथा नेपालगन्ज मोडेल एकेडेमी र होप इन्टरनेशनल नेपालगन्ज बिच हुने बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापा मगरले जानकारी दिनु भयो । प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार र दोश्रो हुनेलाई २० हजार रुपैयाँ लगायतका पुरस्कार दिइने छ ।