चौधरीलाई जन्मकैद फैसलापछि सरकारको समर्थन फिर्ता लिने राजपाको घोषणा

दुईतिहाई बहुमतको सरकारलाई धक्का

राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । रेशम चौधरीमाथि आजीवन काराबास फैसलापछि राजपाको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो ।

आज कैलाली अदालतले रेशम चौधरीमाथि फैसला गरेपछि राजपाको अध्यक्षमण्डलको आपतकालिन बैठक बसेको थियो । सोही बैठकले सरकारलाई यसअघि दिँदैआएको समर्थन फिर्ता दिने घोषणा गरेको हो । राजपाको यस्तो निर्णयसँगै दुईतिहाई बहुमतको सरकारलाई केही धक्का लाग्ने अपेक्षा गरिएको छ ।

आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसाल गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो । आज अध्यक्षमण्डलको बैठक बसेको थियो ।