जब साहाराका बिद्यार्थीले आफैले बनाएको ड्रोन काठमाडौँको आकाशमा उडाए

हेर्नुस फोटो फिचर

काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलले विज्ञान प्रदर्शनी गर्ने गरेको छ । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले विद्यार्थीहरुमा विज्ञान प्रविधिप्रति बढ्दो आकर्षणलाई सबैका सामु प्रस्तुत गरेको हो ।


प्रदर्शनीमा साहाराका बिद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका थिए । उनिहरुले आफैले अभ्यास गरेर बनाएको ड्रोन प्रदर्शनीमा उडाएर परिक्षण गरेका हुन ।

विज्ञान र प्रविधिका क्षेत्रमा वर्तमान विश्वमा निकै चर्चा भइरहेको ड्रोन र रोबोटदेखि दैनिक जीवनमा प्रयोग हुने थुप्रै प्रविधिहरु प्रदर्शनीमा राखिएको थियो ।

शिक्षालाई प्रविधिसँग जोडन तथा  ब्यवहारिक शिक्षालाइ प्राथामिकता दिन राष्ट्रिय परिक्षा बाेर्डका परिक्षा नियन्त्रक कृष्ण शर्माले बताए ।  विद्यार्थीको सिकाइलाई अझ मजबुत र व्यवहारिक बनाउन विद्यालयले प्रयास गर्दै आएको बिद्यालयका प्रध्यापक देबेन्द्र भटराइले बताए ।

साहाराले विद्यार्थीको चौतर्फी विकासका लागि पाठ्यपुस्तकका अतिरिक्त फुटबल, मार्सल आर्ट, नृत्य, गायन, बाद्यवादनका कक्षाहरु पनि विद्यालयमै सञ्चालन गर्दै आएको समेत जानकारी दिए ।

प्रिन्सिपल भट्टराई अन्तरक्रियात्मक विधिद्वारा विद्यार्थीको सिकाई प्रक्रियालाई व्यवस्थित गर्ने गरेको, विभिन्न प्रयोगात्मक कक्षाहरुमा जोड गर्दै ती प्रोजेक्टको प्रस्तुतिकरण गराउने गरेको बताए । त्यसले विद्यार्थीमा नेतृत्व क्षमता बढाउनुका साथै सिकाई प्रक्रिया पनि मजबुत बनाउने गरेको उनले आफ्नो अनुभव सुनाए ।

साहाराको विज्ञान प्रदर्शनीमा ३६ वटा फरक फरक प्रकृतिका स्टलहरु राखिएका छन् । जसमा उच्च प्रविधिका ड्रोन र मानिसको दैनिक कामकाजमा समेत सहयोग गर्ने रोबोटदेखि वातावरण विज्ञान, भौतिक र खगोल विज्ञान, प्रकृति विज्ञान र मानव शरिरका बनौटसँग सम्बन्धित प्रविधिहरु रहेका छन् ।

त्यस्तै प्रदर्शनीमा आँखा देख्न नसक्ने मान्छेहरुका लागि प्रयोग गरिने ब्लाइन्ड स्टिक बनाउने विधि पनि विद्यार्थीहरुले प्रस्तुत गरेका छन् । अगाडि कुनै वस्तु अगाडि छ भने त्यसलाई छुने बित्तिकै लठ्ठीले सिग्नल दिने र प्रयोगकर्ता सचेत हुने गर्दछन् ।  त्यसैगरी विद्यार्थीहरुले कार्वनडाइअक्साइड र हाइड्रोजन ग्याँस नै बनाएर प्रस्तुत गरेका छन् । ठूलाठूला आगलागीका घटनामा कार्वनडाइअक्साड ग्याँसको प्रयोग गरिन्छ । त्यो प्रयोग गर्ने विधि पनि विद्यार्थीले प्रस्तुत गर्ने गरेका छन् । विभिन्न हाइड्रोकार्बन, ग्लिसिरिन, मिथाइल अल्कोहल, इथर आदि बनाउनका लागि हाइड्रोजन ग्याँसको प्रयोग गरिन्छ । जसको प्रयोग विधि पनि विद्यार्थीले देखाएका थिए ।

प्रदर्शनीमा ज्वालामुखी कसरी विष्फोट हुन्छ र त्यसको असर के हुन्छ भन्ने पनि प्रदर्शन गरिएको छ । त्यस्तै कपर प्लेटिङ, टेम्प्रेचर एण्ड ह्यूमडिटी सेन्सर, क्रिस्टलाइजेशन, ध्वनि र वायु प्रदुषण, वाटर साइकलको प्रदर्शनी पनि गरिएको छ । उद्योग कलकारखानाबाट उत्पन्न हुने विभिन्न ग्याँस तथा धुलोसँग मिसिएर आकाशबाट आउने पानीले मान्छेका साथै बोटविरुवाहरुलाई कसरी असर गर्छ भन्ने एसिड रेनका बारेमा पनि उनीहरुले प्रदर्शनीमा प्रस्तुत गरेका छन् ।

त्यसैगरी मुटुमा रक्तसञ्चार कसरी हुन्छ भन्ने प्रविधि पनि प्रदर्शनीमा समावेश गरिएको छ । रक्तसञ्चार प्रक्रियामा कस्तो अवस्था भएमा हृदयघात हुन्छ भन्ने पनि प्रदर्शनीमा देखाइएको छ ।  कक्षा नर्सरीदेखि १० कक्षासम्मका विद्यार्थीहरु यस प्रदर्शनीमा सहभागी भएका छन् । जसमा सानासाना कक्षाका बालबालिकाले सजिलै बुझ्न सक्ने गरी चिडियाखाना, फलफूलका बगैचा, जंगली जीवन, जनावरका प्रकारहरुको नमूना पनि प्रस्तुत गरेका छन् । साथै उनीहरुले गाउँ र सहरको स्यान्ड मोडेल बनाएर त्यसको फरक देखाएका छन् ।