मेयर राणाले दिए बिरामीलाई उपचारका लागि एक महिनाको तलब

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणाले एक बिरामीलाई उपचारका लागि एक महिनाको तलबभत्ता सहयोग गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का पुनम नेपालीलाई थप उपचारका लागि सोमबार एक महिनाको तलब र भत्ता गरी ५० हजार रुपैयाँ सहयोग गरेक छन्। मेयर राणाले प्रत्येक महिनाको तलबभत्ता सामाजिक कार्यमा खर्च गर्दै आएका छन ।