दुई दिनदेखि ९ बर्षिया बालिका बेपत्ता

खोजि कार्य जारी

बाँके,नेपालगन्ज, जानकी गाउँपालिका वडा नं ३  इन्द्रपुरकी ९ बर्षिया बालिका २ दिनदेखि बेपत्ता भएकी छन ।

 निरा प्राथमिक बिद्यालय कक्षा ३ मा अध्ययनरत छात्रा किर्ति पठान यहि फाल्गुन ३ गते घरबाटै बेपत्ता भएकि हुन ।  

 स्कुल छुट्टि भैसके पछि घरबाट साथीहरूसंग खेल्न भनी निस्केको अबस्थामा बेपत्ता भएको बालिकाका बाबा गुर्दान पठानले जानकारी दिए ।

उनले अबेरसम्म अाफन्त छरछिमेक सबैतिर खोजनिति गर्दासमेत नभेटिएको बताए ।