ढाँटयो नेपालगञ्ज उप-महानगरपालिकाले

सोमबारसम्मा हटाँउछु भनेका छाडा पशुचौपाय अझै हटेनन

बाँके,नेपालगञ्जको बिच शहरमा छोडिएका छाडा पशुचैपायालाई नेपालगञ्ज उपमहानगरपालिकाले हटाउन सकेको छैन । सोमबारसम्मा हटाइसक्ने भनिए पनि उप महानगरपालिकाले अझै हटाउन नसकेकाे हाे । । सुचना अधिकारी शरद कुमार पौडेलले सोमबारसम्मा हटाउने गरि लागेको बताइए पनि अझैसम्मा पशुचौपाया सडकमै बरालिरहेका छन ।

छाडा पशुचैपायाका कारण नेपालगञ्जको सडक असुरक्षित बनेको छ । खुला रुपमा पशु चौपाया छाडा छोड्ने काम नरोकिएपछि नेपालगन्जको मुख्य बजार तथा सडक लगायतका स्थानमा दुर्घटनाका घटना बड्नेर गरेका छन । पछिल्लो समय छाडा पशुचौपायाको बृद्धी भएसंगै नेपालगञ्जको मुख्य सडकहरुमा खुला चौपायाका कारण दुर्घटनाका घटना बडने गरेका हुन ।

उप महानगरपालिकाको दावी जम्मा गरिसकेका छौँ

तर उप महानगरपालिका भने स्पष्ट योजना भएको दावि गर्छ । पौडेलका अनुसार सोमबारसम्मा सबै छाडा पशुचौपायालाई हटाइसक्ने समेत दावि गरिएको छ । सुचना अधिकारी पौडेलले पशुचौपायालाई ब्यवस्थीत गर्न नेपालगञ्जको कुरैनापुरमा ऐलानी जग्गा लिएर पशुचौपाया सेन्टर निमार्ण गर्न लागिसकेको बताए । पौडलले सेन्टरमा करिब ६० वटा खुला तथा छाडा पशु चौपाया जम्मा गरिसकेको समेत बताए ।

ल हेर्नुस तस्विर आफै बोल्छ

तस्विर ः कुसेन्युजका लागि सेराज अहमद रंगरेज / प्रकाश बुढा