जब म आफु जन्मेको गाँउमाथि उभिन्छु

म यो शब्दावली प्रयोग नगरौ भन्दा भन्दै पनि बाध्य भएर प्रयोग गर्दैछु हिजो जस्तो मेरो गाँउको बिरासत जस्ताे थियो आज पनि उस्ताको उस्तै छ । लाग्छ अरुहरुको लागी त्यति सुन्दर नमानीएको तर मेरो लागी स्वर्ग जस्तै मानिने  यो नेपालको बिकट्ताको नाममा परिचित भएको मेरो  सुन्दर गाँउ कर्णाली अञ्चल मध्य पनि कालीकोटको बिकटतामा चिनीने गरेको यो सुन्दर गाँउमा मेरो जन्म भएको हो । उतिबेलाको जमनामा सामान्य पनि मेरो गाँउमा शिक्षाको दियो बलेको थिएन । शिक्षाको उज्यालो बत्तीबाट बन्चीत मेरो त्यो जन्म भुमी म जन्मेको पनि त मेरो आमा र बाबाले मेरो तिथि र मितिको त्यती हेक्का राख्नु भएको थिएन भन्ने अहिले मेरो आमा र बाबाले भन्दा मात्रै अहिले थाहा भो त्यो केहि थाहा नभएको भए पनि तर महिनासम्म मेरो आमालाई ख्याल् रहेछ ।

आमाले अहिले पनि भन्नु हुन्छ । म जन्मिदा खेरी चैत महिनाको खडेरी थियो रे त्यो समयमा हाम्रो गाँउमा खानासम्म पुग्ने अबस्था थिएन । त्यो समयको सम्झना गर्दै आमाले अहिले सुनाउने गर्नु हुन्छ तिमी जन्मिदा खेरी मैले पेट भरी खानासम्म पाएको थिईन । भोकमारीले सताएको त्यो क्षेणमा आमालाई सुत्केरी भएको अबस्थामा समेत आमाले आफुले चाहेको खानासम्म खान पाउनु भएको थिएन । बाबाले कतैबाट जोहो गरेर ल्याएको थोरै मकै त्यहि पनि घट्टसम्म पिस्न पाउनु भएको थिएन । त्यहि मकैलाई जातोमा दलेर बाबाले मकैको थोरै ढिडो पकाएर आमालाई दिनु भएछ । त्यही ढिडोले आफ्नो सुत्केरी अबस्थाको भोक मेटाउदै आमाले मेरो मुख हेरेर बाकी रहेको भोकलाई बाहिर नभनी आफुले सन्तानको निम्ती त्याग गर्नु भयो ।

समय आज भोली जस्तो थिएन आमाले आफ्नै लयमा काहानी सुनाउदै भन्नु भयो त्यो अबस्थामा आफुले ओड्ने कपडासम्म नपाएर एउटा गोठमा साना साना परालका त्यान्द्राहरु जम्मा गरेर तातोको नाममा परालको आगोमा आफु सेकिएर मलाई पनि त्यहि आगोमा सेकाएको त्यो बालापनको पिडालाई म बाचेको खुसियालीमा हासेर मेरी आमाले सुनाउने गर्नु हुन्छ । आमालाई त्यो समयमा सन्तानको ठुलो पिडा थियो । म भन्दा अगाडी ६ सन्तान भैसकेर पनि दिदि बाहेक अरु कोही पनि बच्न सकेको थिएनन् त्यो सन्तान गुमाउनुको पिडाले आमाले मलाई सकि नसकी बचाउनको लागी अनेक प्रयास गर्नु भएको थियो ।

त्यो समयमा मेरो आमाको निम्ती राम्रो खानको लागी न पैसा हुन्थ्यो नत पेटभरी खानालाई मिठो मसिनो खाने कुरा हुन्थ्यो । न त गलाउनको लागी जिउभरी कपडा नै हुन्थ्यो । त्यो समयमा अनेक थरीका कपडा लाउने र राम्रो खाने इच्छा हुदाहुदै पनि त्यो समय र परिस्थीले मेरो आमाको लागी र बाबाको लागी यो समयले त्यो अबसर दिएको थिएन यो सबै गरिबीको कारण थियो । म त आफुलाई भाग्यमानी सम्झीन्थे किन की आमाको र बाबाको मायाको कुनै पनि खाचो थिएन । तर ईच्छाहरु अनेकौ थिए आज त्यो पुरा गर्न नपाएकोमा बाबलाई र आमालाई त्यो पछुतो थियो म त आफु बालापनमा थिए त्योअभाबाको परिपुर्ती कसरी गर्नु पर्छ त्यो भने मलाई थाहा थिएन त्यो पिडा आमालाई र बाबालाई थियो । आज अनेक चोटी सम्झीन्छु र बाबालाई र आमालाई कत्ती सम्मको पिडा भयो होला त्यो म आज यो परिबेशमा कल्पना सम्म गर्न सक्ने अबस्थामा छैन ।

एक पटकको पिडादायी घटना आमाले अहिले पनि आफ्नो आशुलाई लुकाएर मेरो अगाडी सुनाउनु हुन्छ । म आफु करिव ३ महिनाको हुने बेला विरामीले थला परेकी थिए रे । भदौको महिना थियो म बिरामी भएको करिव ६ महिना सम्म पनि मलाई सन्चो भएन भदौको महिना भएर पनि होला बाहिरको मौसम पुरै कुईरीमण्डलले पुरै अध्यारो भएको थियो । लाग्थ्यो हाम्रो लागी भनीएका दिनहरु पनि अध्यारो हुदै आउन थाले । आमाले सुनाउदै गरेको यो काहानी जती पटक सुन्दा पनि नसिद्धीदिए हुन्थ्यो जस्तो लाग्ने गरेर आमाले लयबद्ध के सुनाउदै हुनुहुन्थ्यो । फेरी लामो सास लिएर ओठलाई चिम्लीदै फेरी कुरा सुरु गर्न थाल्नु भयो ।

बाहिर सिमसिम पानी परिरहेको थियो । काँक्रा र करेलाका झुलहरुले मौसम अनुसारको आफु परिबर्तन भएको आबास गरीरहेका थिए बारीमा पाक्न लागेका मकै एक नासले गाँउले टिप्न सुरु गर्दै थिए । साँझपख हो सधै अध्यारोको संकेत गरीरहने ती निन्नेराहरु आज पनि बास्न सुरु गरिसकेका थिए तर मलाई लागेको विरामले भने कुनै परिबर्तनको रुप लिएको थिएन । मलाई बाच्छ होली भन्ने न आमालाई आशा थियो न त बाबालाई आशा थियो । सायद आजको राती भन्दा उता कट्दीन होला भनेर आमा र बाबा मेरो मृत्यु कुरेर बसेको त्यो क्षेण आज पनि आमाले म बाचेको खुसिमा खुसिका आशु निकाल्दै आमाले अहिले पनि सुनाउन थाल्नु हुन्छ । दिनभरीको कामले थला परेको जीउलाई राम्रो सँग आराम गराउन नपाउदै म विरामी भएको देख्दा आमाले जाडोले चिसिएको आफ्नो त्यो शरिरलाई राम्रो सँग तातोको रापमा सेकाउन नपाउदै आमाको त्यो बुढौलीपनको शरिर पटक पटक दुखिरहेको थियो । त्यो दुखाईलाई एक छिनलाई एकलाई बिर्सिएर मलाई रातभरी कुर्नु भएको थियो रे त्यो कराई भनेको नै मेरो मृत्युको पर्खाईको निम्ती थियो । आखिर आमाले म प्रति गरेको मायाले आज पनि म रिणी छु यो समय सँग म आज नतमस्तक रहेर चुपचाप रहेकी छु ।

एक दिनको काहाली लाग्दो मेरो जीवनको यो काहानीलाई आमाले अहिले पनि सम्झनाको लागी पटक पटक मलाइ दोहो¥याएर भन्ने गर्नु हुन्छ मेरो जीवनको त्यो विरामले मलाइ लामो समय सम्म च्यापि राखे पछि । गाँउका मान्छेहरुले आफ्नो खेतको कामलाई सकाउन लागी सकेका थिए तर हाम्रो घरमा भने मेरो कारणले आमा र बाबाले काम गर्न पाउनु भएको थिएन त्यो समयमा मेरो लागी न त औषधी गर्न सकिने अबस्था थियो । न त अरु केहि जडिबुढिको औषधि मुलो गर्न सकीने अबस्था थियो । आमाले मलाई अब यो छोरी जसरी पनि मर्ने भई भनेर अन्तिम अबस्थाको सोचाईले मलाई फेरी खेतबारीमा काम गर्नको लागी फेरी उता नै खेतमा लिएर जानु भयो । आमाले अहिले सुनाउनु हुन्छ । मरे पनि मलाई खेतमा नै फाल्नु पर्ला भनेर म मरे भने पुर्नको लागी खाल्डो खन्ने सामान लिएर आमाले र बाबाले म लाई समेत बारीमा लिएर जानु भयो रे । त्यो दिनभरी पनि म नमरे पछि दिन कोल्टीयर जब राती पर्न लाग्यो अनी मेरो मुखमा बिरामले छोडेर मेरो अनुहार अलि उल्यालो हुन सुरु भयो ।

अनि पछि केहि समय पछि त मलाई बिराम ले छोड्दै गएर मलाई सन्चो हुदै गयो । अनि आमाको र बाबाको अनुहारमा अलि खुसि छाएको कुरा आमा र बाबाले अहिले पनि त्यो बेलाको पिडालाई आमाले भाबुकताको साथ सुनाउन थाल्नु हुन्छ त्यो भएर आमाले मलाई गाँउ घरको भाषामा मलाई अभागी छोरीको उपमा दिनु भएको थियो । आखिर आमा भने जस्तो म आफ्नो भाग्य भन्दा मेहेनतमा बिश्वास गर्ने गर्छु तर आमाको मन हो पुरानो सस्कार अनुसार मेरो जीवनको भाग्य रेखा सँगको तुलना गरेर मलाई अभागीको उपमा दिनु भएको होला । त्यो आमाको र बाबाको नजरमा हो त्यो कुरामा अनर्थ मानीरहेकी छैन ।

आमाको मेरो जीवन बारे एउटा कथन थियो । आमाले भन्ने गर्नु हुन्थ्यो त जन्मीदा खेरी पनि दुख पाएर जन्मीएकी होस् तँ असाध्यै दुखारी हुन्छस् । मैले आफुले मात्रै होईन त्यो समयमा दुख पाएको आमा बाबालाई समेत मैले दुख दिएकी थिए । आमा बाबाको मन हो तिम्रो दुखले हामीलाई हैरान भयो भनेर कहिल्यै पनि भन्नु भएको थिएन । आखिर आमा बाबा को खुसि भनेको नै हामी छोरा छोरी हौ भन्ने मैले यो जीवन बाट राम्रो सँग बुझ्ने मौका पाएकी छु ।

समय फेरीदै गयो म पनि समय अनुसार फेरीदै गए उमेरले सानोबाट ठुली हुन खोज्दै थिए । पहिले भन्दा आमाले भनेको कुराहरु बुझ्ने भैसकी थिए म ३ बर्षको हुदा आमाले मेरो भाईलाई जन्म दिनु भयोे । त्यो समय त्यो परिबेशमा मलाई राम्रो सँग थाहा छ । हाम्रो घरमा खानको लागी अन्न सम्म पुग्दैन थियो । आमा सुत्केरी हुने अबस्थामा रोईकराई गर्न थाल्नु भयो । आमा रोएको देखेर म पनि आमाको पिडालाई सम्झी सहन सक्ने अबस्थामा रहिन आमाको काख नजिक गएर आमा जस्तै गरी पनि आमा सँगै रुन थाले र मन मनै सोच्न थाले यस्तो आमालाई पिडा दिने विराम के लागेको होला ।

म असाध्यै चिन्ताले त्यो रातभरी रोए तर जब आमाले भाई लाई जन्म दिनु भयो । अनि पहिले रोई कराई गरेको पिडालाई एकै चाटी बिर्सिनु भयो म पनि आमाको नजिक काखमा गएर बसे मलाई थाहा थियो सुत्केरी भएको अबस्थामा सुत्केरीहरुलाई मिठो मसिनोखाना खुवाउनु पर्छ भनेर तर हाम्रो घरको अबस्था भने त्यो थिएन मिठो खाउ भने पनि हाम्रोे घरमा खानलाई खान पुग्दैन थियो । भाइ जन्मेको एक दिनभरी आमा भोकै बस्नु भएको त्यो दिनलाई आज सम्झीएर ल्याउदा आज पनि त्यो पिडाले घाचिरहेको हुन्छ ।

त्यो समयमा आमाले गोठमा बस्नु पर्ने बाध्यता हुन्थ्यो मैले खाना पकाउन नसकेर पल्लो घरको ठुलो मम्मीले मेरो आमालाई खाना पकाएर खुवाउनु भएको थियो । म स्वाभावले सानै देखि चकचके थिए त्यो स्वभाबले पनि होला म अरु भन्दा पारिवारीक कुरामा केहि जान्ने स्वाभकी थिए । दिदी भन्दा अलि जान्ने स्वभाबले म अली आमाको भरोसाको केन्द्र जस्तै मानिन्थे । बर्ष भरीको कमाईले राम्रो परिवारमा ६ महिना सम्म पनि खानलाइ पुग्ने अबस्थामा हाम्रो परिवारमा हुदैन थियो । त्यो अपुग हुने काहाली लाग्दो परिबेशलाई आज पनि सम्झीदा जीवन परिबर्तनको गोरेटो को भुमिकाको रुपमा मैले लिएकी छु ।

एउटा जिन्दगीको शिक्षाले के सिकियो भने दुःखको अबस्थामा जीवनलाई स्पात बनाउन सकिन्छ भन्ने शिक्षा अहिले यो जीवनमा लिएकी छु । एउटा शिक्षा के सिकायो भने दुःख र पिडाले नयाँ जीवनसँगै नयाँ अनुहारको खाेजी गरेको मैले अनुभुती गरेकी छु । आखिर यहि जीवन हो यो समयको दुखसँगै नयाँ अनुहारको पिरतीको खेती गरेर मैले आफ्नो जीवनको एउटा नयाँ अध्यायको सुरुवात पनि गरेको । बर्षको एक चोटी नयाँ लुगा फेर्नको लागी म जहिले पनि आफ्नो नयाँ लुगा लाउने बर्षको रुपमा चिन्दथे तर आज भोली ति दिनहरु फेरिएका छन् । ति सबैसबै बालापनका सम्झनाहरु आज मेरो मानस पटलमा अभाबले झेलिएका ती दिनहरु आज पनि जस्ताको त्यस्तै जीवनको कुनै दोसाधमा म उतार्न सकुला या नसकुला आज को यो परिबेशमा यहि जीवनको जगमा म आफु उभियर आफ्नो जीवन जिउने शिक्षा लिईरहेकी छु ।