जिम्मेवार पत्रकारिताले मात्रै समाज परिवर्तन गर्नसक्छ – चलाउने

नेपालगञ्जमा ७ दिने तालिम सुरू

नेपाल पत्रकार महासंघका पूर्व सचिव प्रभात चलाउनेले पत्रकारहरु जिम्मेवार हुनुपर्ने बताएका छन । सोमबार नेपालगञ्ज कुसे न्युज डटकमद्धारा बाँकेको नेपालगञ्जमा आयोजित ७ दिने पत्रकारीता तालिमको आज उद्घाटन गर्दै पत्रकार चलाउनेले समाज रुपान्त्रणको मुल प्रवाह हुनुपर्ने धारण राखेका हुन् ।

पत्रकारीतावाटै समाजलाई रुपान्तरण गर्न सकिने धारणा राख्दै पत्रकार चलाउनेले भने, ‘हामीले गर्ने पत्रकारीता जनताको पक्षमा हुनु पर्दछ, जनताको पक्षमा गरिने पत्रकारीताले काठमाडौंमा केन्द्रित मिडिया केन्द्रलाई भत्काउन आबश्यक छ, अब हामीले काठमाडौं केन्द्रित मिडिया केन्द्रलाई देशका सबै पदेश राजधानी र जिल्ला सदरमुकामसम्म बिस्तार गर्न सक्नु पर्दछ ।’जनपक्षीय पत्रकारीताले काम र श्रममा विश्वास राख्ने बताउदै चलाउनेले भने, ‘तालिमलाई मनोरञ्जन स्थलका रुपमा नभएर सक्षम तथा दक्ष पत्रकार उत्पादन गर्ने उद्योगका रुपमा लिन आबश्यक छ ।’ पत्रकारीता वर्गिय पक्षधरतामा आधारित हुने बताउदै चलाउनेले आजको युगमा गरिने सबै पत्रकारीता मिसन पत्रकारीता भएको बताए ।

तालिमको उद्घाटन सत्रमा बोल्दै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरेले पत्रकारीता पेशालाई व्यवसायीकरण गर्न आबश्यक रहेको बताए । पेशालाई व्यवसायीकरण गर्नको लागि उच्च प्रकारको क्षमता हासिल गर्नुपर्नेमा गैरेले जोड दिए ।पत्रकारबाट नागरिकले ठुलो आशा राखेको बताउदै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले भने, ‘हाम्रो टोलमा खानेपानी पुगेन, सिंचाई कुलो पुगेन, विजुलीका पोल पुगेन भनेर पत्रकार महासंघमा उजुरी आउन थालेका छन्, हुदा हुदा अदालतले गरेको फैसलामा चित्त बुझेन भने अदालतले निष्पक्ष न्याय दिन सकेन भनेर महासंघमा निवेदन आउन गरेका छन्, महासंघ यद्यपी उजुरी बुझ्ने निकाय नभएता पनि नागरिकले पत्रकारवाट गरेको अपेक्षा र विश्वसनियता यति धेरै छ ।’

पत्रकारीतामा नयाँ र पुरानो, सिनियर र जुनियर भन्ने नहुने बताउदै अध्यक्ष थारुले बदलिएको परिस्थितिलाई नेतृत्व गर्न सक्ने गरि पत्रकारहरुले आफ्नो क्षमतालाई माथि उठाउनु पर्ने र अध्ययनलाई बढाउनुपर्ने बताए । दुई खाले पत्रकार छन् भनेर नागरिकहरुले हामीलाई परिभाषित गरिरहेका छन् भन्दै अध्यक्ष थारुले समृद्ध नेपाल र सुखी नेपाली बनाउने मुख्य अभिभार पत्रकाहरुको काँधमा आईपुगेको हुदा पत्रकारको छविमा धमिलोपन आउन नदिन सबै सचेत रहन जरुरी रहेको बताए ।

“सक्षम पत्रकार उत्पादन तथा पत्रकारीतामा फरकधारको अभ्यास” गर्ने उदेश्यले ७ दिने पत्रकारीता तालिमको आयोजना गरिएको गुडलिंक मिडिया प्रा।ली।का संचालक तथा कुशे न्युज डटकमका सम्पादक भौतिक मल्लले बताए । ७ दिनसम्म संचालन हुने पत्रकारीता तालिमको मुख्य प्रशिक्षक प्रभात चलाउने रहेका छन् भने, सहायक प्रशिक्षकमा सुरज प्याकुरेल र कृष्ण मल्ल रहेका छन् ।

उक्त तालिमको पहिलो दिन झण्डै ३२ जनाले सहभागीता जनाएका छन् । गुडलिंक मिडिया प्रा।ली।द्धारा संचालित कुशे न्युज डटकमको आयोजनामा संचालित तालिमको मुख्य प्रयोजकमा द क्रिपर कन्ट्रक्सन डोल्पा, रारा एड्भाञ्चर प्रा।ली। काठमाडौं, होटल त्रिपुरा डोल्पा, हिमालयन इन्जिनियरिङ्ग वर्कशप एण्ड ट्रेडर्स नेपालगञ्ज रहेका छन् भने, सह–प्रयोजकमा विजय ईलेक्ट्रोनिक्स एण्ड सप्लायर्स नेपालगञ्ज, इलेक्ट्रो पावर इन्जिनियरिङ्ग प्रा।ली।

नेपालगञ्ज, शुभलक्ष्मी मोटर ड्राईभिङ्ग टनिङ्ग सेन्टर नेपालगञ्ज, हाई हिमाल ट्राभल्स एण्ड टुर्स, वि।सी। मोवाईल सेन्टर, होटल फुलवारी गेष्ट हाउस कोहलपुर, सि।एस।टी। होटल एण्ड पार्टी प्लेस नेपालगञ्ज रहेका छन् । त्यसैगरि उक्त तालिमको सहकार्यमा त्रिपुरा सञ्चार, ननस्टप खबर, डिजिटल संचार डटकम अनलाईन रहेका छन् ।