अनेरास्ववियु कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्टको इकाई कमिटी गठन

भावनात्मक सम्बन्धका लागि युवा बिद्यार्थीहरू एक भएको दावी

बाँके ,नेपालगन्ज कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्टमा युवा बिद्यार्थीहरूले कलेजका बिद्यार्थीहरूको भावनात्मक सम्बन्धका लागि भन्दै सेमेस्टार कमिटी गठन गरेका छन । अनेरास्ववियु कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेण्टका सम्पूर्ण युवा बिद्यार्थीहरू मिलेर इकाई कमिटी गठन गरेका हुन ।

उनिहरूले कलेजमा अापसी सम्बन्ध र युवाहरू लक्षित कार्यक्रमहरू संचालन गर्नका लागि कमिटी गठन गरेको कमिटिका सल्लाहकार तिलक डाँगीले जानकारी दिए ।

सेमेस्टार कमिटीको अध्यक्ष कैलाश जंग शाही उपाध्यक्षमा मुक्ति कुमार शाहि र र सचिवमा नवीन नेपाली सह सचिवमा संकल्प घर्ती मगर र कोषाध्यक्षमा कोपिला रावत रहेका छन । त्यस्तै समितिमा २५ जना सदस्य रहेको सल्लाहकार तिलक डाँगीले जानकारी दिए ।  नवगठित कमिटीले नयाँ बिद्यार्थीहरूलाई स्वागत समेत गरेको थियो   । कार्यक्रमको सम्पूर्ण प्रायोजन द क्रिपर कन्ट्रक्शनले गरेको बताइएको थियो ।