मन्त्रीको हातबाट झापड खाने सचिव जब पत्रकारका अगाडि यसरी भक्कानिए……

खासमा भएको के थियाे ?

प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन्। आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाको भनाइ छ।

‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने। सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्रीले कुटपिट गरेका हुन्।

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ। उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन्। कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।

मन्त्री यादवले सचिव झालाई अर्थमन्त्रीको चेम्बरमै कुटपिट गरेका हुन्। कुटपिटपछि पत्रकारसँग छोटो कुरा गर्दै सचिव झाले भने, ‘हाम्रै मान्छे हुनुपर्छ, हाम्रै आइएनजीओ हुनुपर्छ भन्ने उहाँले इन्ट्रेस्ट राखिराख्नु भएको छ।’

यसैबीच प्रदेश २ को मन्त्रिपरिषद् बैठकले मन्त्रीले सचिवमाथि कुटपिट गरेको घटनाको छानबिनका लागि समिति गठन गरेको छ।आइतबार दिउँसो बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेद्र यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

छानबिन समितिको सदस्यमा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य रहेको प्रमुख सचिव दिपक सुवेदीले जानकारी दिए। आइतबार दिउँसो आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा झापड हानेका थिए।

खासमा भएको के थियाे ?

आफूनिकटको एनजीओलाई अनुदान नछुट्टाएको भन्दै मन्त्री सचिवमाथि खनिएका हुन्। संघीय सरकारको सशर्त अनुदानअन्तर्गत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा मन्त्री र सचिवको स्वार्थ बाझिएको थियो। त्यही झोकमा मन्त्रीले रिस पोखेका हुन्।

मन्त्रीले सचिवमाथि हातपात गर्दा प्रदेश २ का सभामुख सरोजकुमार यादव र प्रदेशसभा सदस्य उपेन्द्र महतो पनि कार्यकक्षमै थिए। सभामुख यादवले बिचबचाउ समेत गरेका थिए। सचिव झाले आफूलाई मन्त्रीले पहिले एक झापड हानेको र रोक्न खोज्दा लात्तीले पिठ्युँमा हानेर बाहिर धकेलेको बताए।

मन्त्री यादवले सचिव झाको डायरी र मन्त्रालयको फाइल समेत खोसेका थिए। कुटपिटपछि आक्रोशित झा कार्यकक्षबाहिर निस्केर गालीगलौज गर्दै रोए। उद्योग, वन, पर्यटन तथा वातावण मन्त्रालयले उद्यमीहरूको क्षमता विकास गर्न ८ करोड रकम लद्यु उद्यम कार्यक्रम सञ्चालन गरेको हो। एउटा जिल्लामा एक करोडका दरले आठै जिल्लामा कार्यक्रम सञ्चालन हुने भएको छ। यसका लागि प्रत्येक जिल्लामा दुईवटा एनजीओ छनौट गर्नुपर्छ।

एनजीओ छनौटका लागि वन मन्त्रालयले सूचना निकालेर ४८ वटा आशयपत्र आह्वान गरेको थियो। त्यसमा १ सय ९३ वटा एनजीओले आशयपत्र दिएका थिए। ‘ती सबै आशयपत्रहरू मैले आफै बसेर मूल्यांकन गर्न लगाएको थिएँ,’ सचिव झाले भने, ‘मैले निष्पक्ष र उचित मूल्यांकन गरेर ४० वटा छनौटमा परेका हुन्। तर, मन्त्रीज्यूले सिरहाको आफ्नो नजिकको एक एनजीओबाट पैसा बुझिसक्नुभएको रहेछ।’।

मन्त्री यादवले वनमन्त्रीलाई फोन गरेको र वनमन्त्रीले अर्थमन्त्रीकहाँ फाइल लिएर जान आग्रह गरेको पनि सचिवले सुनाए। सचिवका अनुसार वनमन्त्रीले पनि उनलाई ‘मन्त्रीको कुरा सुनदिन’ आग्रह गरेका थिए। अर्थमन्त्रीलाई भेट्न गएको बेला आफ्नो एनजीओलाई कार्यक्रम नपारेको विषय झिक्दै हातपात गरेको सचिव झाको आरोप छ। झाले भने, ‘सोही विषय लिएर मन्त्रीज्यूले मलाई तपाईंले सो पैसा तिर्नुपर्छ भन्नुभयो। मैले तपार्इंले लिनुभएको पैसा तपाई नै तिर्नुस् भनेर उहाँले झापड हान्नुभयो।’

मन्त्री कार्यकक्षअगाडि रुँदै सचिव यादवले भने, ‘मैले गलत प्रक्रियाले एनजीओ छनोट गरेको भए अख्तियारले छानबिन गरोस्, यसरी हात छाड्ने मन्त्रीलाई कारबाही हुनुपर्छ।’ उनले मन्त्रीलाई व्यक्तिगत सम्पत्ति आर्जनमा लागेको पनि आरोप लगाए।हरेक योजनाहरू मन्त्रीकै गाउँमा पर्नुपर्ने र उनकै नातागोता हेरिदिनुपर्ने भन्दै आफ्नो गल्ती भए कारबाही भोग्न तयार रहेको सचिवले बताए। मन्त्री यादवकै निर्देशनमा उनलाई प्रहरीले भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको थियो।